logo

रसुवागढी र सान्जेन जलविद्युतमा आवेदन दिने सबैलाई शेयर

    1340   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयरको ‘प्रि एलटमेन्ट भएको’ छ । दुवै कम्पनीमा आवेदन दिने सबैले शेयर पाएका छन् । रसुवागढीमा १० कित्तादेखि ४० कित्ता सम्मको लागि आवेदन दिने सबै आवेदकले माग बमोजिम शेयर पाएका छन् । ४० कित्ता भन्दा बढी माग गर्ने आवेदक मध्ये २५ हजार ६ सय ९३ आवेदकले गोला प्रथामार्फत थप १० कित्ताका दरले शेयर पाएका छन् । ’प्रि एलटमेन्ट’ अनुसार रसुवाका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ता सम्म शेयर पाएका छन् । लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म शेयर पाएका हुन् ।

रसुवामा तीन लाख दुई हजार ४३ आवेदकले एक करोड ७१ लाख सा हजार ८४० कित्ताको लागि आवेदन दिएका थिए । जसमा दुई लाख ९१ हजार २ सय ७२ आवेदकको एक करोड ६१ लाख २० हजार ४७० कित्ता आवेदन स्वीकृत भएका थिए । बाँकी रहेको ११ हजार ७० आवेदकको नौ लाख ८७ हजार ३७० कित्ता शेयरको आवेदन रद्द भएको थियो । कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्कासन गरेको थियो ।

सान्जेनमा आवेदन दिने सबै योग्य आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । दुई लाख नौ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले शेयर पाए। सान्जेनमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिक्तम २० कित्ता सम्म शेयर पाएका छन् । सान्जेनमा तीन लाख ५ सय ९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए। त्यस मध्ये ११ हजार सात सय आवेदकले आठ लाख ७३ हजार ५ सय १० कित्ता आवेदन रद्द भएको छ।बाँकी रहेको दुई लाख ८८ हजार ८९७ योग्य आवेदकलाइ गोलाप्रथामा समावेश गरिएको थियो । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्कासन गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।