logo

रसुवागढी र सान्जेन जलविद्युतमा आवेदन दिने सबैलाई शेयर

    1683   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - रसुवागढी हाइड्रो पावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयरको ‘प्रि एलटमेन्ट भएको’ छ । दुवै कम्पनीमा आवेदन दिने सबैले शेयर पाएका छन् । रसुवागढीमा १० कित्तादेखि ४० कित्ता सम्मको लागि आवेदन दिने सबै आवेदकले माग बमोजिम शेयर पाएका छन् । ४० कित्ता भन्दा बढी माग गर्ने आवेदक मध्ये २५ हजार ६ सय ९३ आवेदकले गोला प्रथामार्फत थप १० कित्ताका दरले शेयर पाएका छन् । ’प्रि एलटमेन्ट’ अनुसार रसुवाका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ता सम्म शेयर पाएका छन् । लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म शेयर पाएका हुन् ।

रसुवामा तीन लाख दुई हजार ४३ आवेदकले एक करोड ७१ लाख सा हजार ८४० कित्ताको लागि आवेदन दिएका थिए । जसमा दुई लाख ९१ हजार २ सय ७२ आवेदकको एक करोड ६१ लाख २० हजार ४७० कित्ता आवेदन स्वीकृत भएका थिए । बाँकी रहेको ११ हजार ७० आवेदकको नौ लाख ८७ हजार ३७० कित्ता शेयरको आवेदन रद्द भएको थियो । कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्कासन गरेको थियो ।

सान्जेनमा आवेदन दिने सबै योग्य आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । दुई लाख नौ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले शेयर पाए। सान्जेनमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिक्तम २० कित्ता सम्म शेयर पाएका छन् । सान्जेनमा तीन लाख ५ सय ९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए। त्यस मध्ये ११ हजार सात सय आवेदकले आठ लाख ७३ हजार ५ सय १० कित्ता आवेदन रद्द भएको छ।बाँकी रहेको दुई लाख ८८ हजार ८९७ योग्य आवेदकलाइ गोलाप्रथामा समावेश गरिएको थियो । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्कासन गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।