logo

राप्तीभेरीको हकप्रद सेयर रद्द

    1703   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-धितोपत्र निष्काशन तथा बाडफाँड निर्दे्शिका २०७४ को बुँदा १२ (१०)मा ‘संगठिन संस्थाले साधारण सभाबाट हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने लेखिएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको यो निर्दे्शिका जेठ १२ गतेदेखि लागू भएको उल्लेख छ ।

तर जेठ २५ गते सातौ वार्षिक साधारणसभाको सूचना राप्तीभेरी विकास बैंकले प्रकाशित गर्यो । असार १५ गतेको लागि बोलाइएको साधारणसभाको विशेष प्रस्तावमो साधारणसभाले गरेको हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय खारेज गर्ने उल्लेख गरिएको छ ।
राप्तीभेरी विकास बैंकको सञ्चालक समितिले साउन ३२ गते २०० प्रतिशत (१ बराबर २ कित्ता) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्यो । भदौं १७ गते विशेष साधारणसभाले उक्त सञ्चालक समितिको प्रस्ताव पास गरेको थियो ।

तर उक्त निर्णय कार्यान्वयन भएको छैन । पछिल्लो समय यो बैंक ज्योति विकासमा विलयको प्रक्रियामा छ । ज्योति विकास बैंकले राप्ती भेरी विकास बैंक प्राप्ति गर्न सक्ने भनेर राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । सोही अनुसार राप्तीभेरीले विजयमा जाने र हकप्रद सेयर निष्काशन नगर्ने प्रस्ताव लैजादै छ ।

ज्योति विकास बैंक र राप्तीभेरी विकास बैंक प्राप्तिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएर आईसक्यो । सोही अनुसार साधारणसभामा विशेष प्रस्ताव गरी हकप्रद सेयर सम्बन्धी अघिल्लो निर्णय खारेज गर्दैछ ।

राष्ट्र बैंकले जारी गरेको मर्ज तथा एक्विजिशन नियमावली अनुसार पुँजी वृद्धि सम्बन्धी पुरानो योजना खारेज गर्न सकिने छ  । बोर्डले नयाँ निर्दे्शिका ल्याउनु पूर्व नै बैंक सञ्चालक समितिले हकप्रद सेयर निष्काशन नगर्ने निर्णय गरेर धितोपत्र बोर्डलाई जानकारी गराई सकेकोले बोर्डबाट हस्तक्षेप नहुने सो बैंकको विश्वास छ ।

निर्दे्शिका जारी हुनु पूर्व प्रक्रियामा रहेको नाममा राप्तीभेरी विकास बैंकको हकप्रद सेयर निष्काशन रद्द गर्ने पक्षमा धितोपत्र बोर्ड रहेमा शिखर इन्स्योरेन्स र एनएमबी बैंकले प्रस्ताव गरेको एफपीओ पनि निष्काशन हुने सक्ने विश्लेषण सेयर बजारमा हुन थालेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।