logo

नेपाल धितोपत्र बोर्डद्वारा लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण गरिने

    1359   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार  - प्रत्यक्ष रेडियो संवाद कार्यक्रम नेपाल धितोपत्र बोर्डले प्रशारण गर्ने भएको छ । बोर्डको नीति तथा कार्यक्रम लगानीकर्ताहरुलाई धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सचेतना अभिवृद्धी गर्ने, धितोपत्र बजारसम्बन्धी गुनासो तथा समस्याहरु संबोधन गर्ने उद्देश्यले बोर्डले रेडियो कार्यक्रम प्रशारण गर्न लागेको हो ।

उक्त रेडियो कार्यक्रम मासिक रुपमा रेडियो कान्तिपुरबाट प्रशारण गर्ने बोर्डले जनाएको छ । चैत २९ गते शुक्रबार नेपाल धितोपत्र बोर्ड र कान्तिपुर एफएमबीच कार्यक्रम प्रशारण सम्बनधी संझौता भएको हो ।‘लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम’ हरेक महिनाको पहिलो बुधबार बिहान ७ः३० बजेदेखि ८ः०० बजेसम्म रेडियो कान्तिपुरबाट प्रशारण बोर्डले जनाएको छ । त्यस अनुसार बैशाख ४ गते पहिलो कार्यक्रम प्रशारण हुनेछ । कार्यक्रमलाई क्रमशः पाक्षिक र साप्ताहिक रुपमा प्रशारण गर्दै लाने बोर्डको योजना छ ।

गत असोज महिनादेखि पाक्षिक रुपमा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७ः४० बजेदेखि ७ः५५ सम्म रेडियो नेपालमार्पmत धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी कार्यक्रम प्रशारण गर्दै आइरहेको छ ।

                                                                                                                                                                                                                                                                                                       

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।