logo

प्रोग्रेशिभ फाइनान्सद्वारा हकप्रदमा अवितरित शेयर तेस्रो पटक लिलामीमा ल्याउने तयारी

    1432   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - प्रोग्रेशिभ फाइनान्सद्वारा चैत २० गतेदेखि हकप्रदमा अवितरित ६ लाख ६७ हजार ३०५ कित्ता सर्वसाधारण शेयर तेस्रो पटक लिलामीमा ल्याउने भएको छ । यसअघि दुइ पटक लिलामी गरेको फाइनान्सले सबै शेयर बिक्री नभएपछि फेरि बिक्रीमा ल्याउन लागेको हो । 

यसअघि माघ १५ देखि २२ सम्म फाइनान्सले १३ लाख ३० हजार २५५ कित्ता शेयर लिलामीमा ल्याएको थियो । सो पटक ६ लाख ६२ हजार ९५० कित्ता शेयर मात्र बिक्री भएको थियो । इच्छुक लगानीकर्ताले लिलामी शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट चैत २० गते बुधबारदेखि चैत २८ गते बिहीबारसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

फाइनान्सले यसअघि मंसिर १० देखि २४ गतेसम्म सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता शेयर लिलामीमा ल्याएको थियो । जसमा संस्थापक सबै बिक्री भए पनि सर्वसाधारण समूहतर्फ सबै शेयरमा आवेदन परेको थिएन ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । फाइनान्सको शेयर प्रतिकित्ता १२३ रुपैयाँ खरिद बिक्री भैरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले २ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५९ पैसा रहेको छ । हाल २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभको लिलामी शेयर बिक्री भएपछि ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।