logo

घटेको बजारमा एक अर्ब बढीको कारोबार, लगानीकर्ताको आकर्षण निर्जीवन बीमा र लघुवित्तमा

    1621   पटक पढिएको

माघ १५ / अर्थ र व्यापार - बुधबारको सेयर बजार झिनो अंकले ओरालो लागेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ०.२७ अंकले घटेर १३०५.८८ अंकमा झरेको छ ।

परिसूचक ओरालो लाग्दा पनि बजारमा एक अर्ब बढीको सेयर किनबेच भएको छ । बुधबार मात्रै कूल १७६ कम्पनीको एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा चाँहि घटी नै हो, तर  सामान्यतया एक अर्ब माथिको सेयर कारोबारलाई बजारमा राम्रो मानिन्छ । अघिल्लो दिन मंगलबारको बजारमा एक अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा निर्जीवन बीमा र लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो छ । मंगलबार पनि उकालो लागेका यी दुई समूह बुधबारमा पनि दोहोरो अंकले उकालो लागेका छन् । जसमध्ये निर्जीवन बीमा समूह ९७.१९ अंकले उकालो लागेको छ भने लघुवित्त अर्थात माइक्रोफाइनान्स समूह ९०.९५ अंकले बढेको छ ।

यति मात्रै नभई सबैभन्दा बढी कारोबार हुने र बढी कमाउनेमा पनि लघुवित्त नै अग्रस्थानमा रहेको छ । बुधबार नाडेप लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ६ करोड ३८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, संस्थाको सेयर मूल्य पनि सबैभन्दा बढी अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७६२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा निर्जीवन बीमातर्फको शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको एकैदिन ६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार एक सय २७ रुपैयाँ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।