logo

घटेको बजारमा एक अर्ब बढीको कारोबार, लगानीकर्ताको आकर्षण निर्जीवन बीमा र लघुवित्तमा

    1231   पटक पढिएको

माघ १५ / अर्थ र व्यापार - बुधबारको सेयर बजार झिनो अंकले ओरालो लागेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ०.२७ अंकले घटेर १३०५.८८ अंकमा झरेको छ ।

परिसूचक ओरालो लाग्दा पनि बजारमा एक अर्ब बढीको सेयर किनबेच भएको छ । बुधबार मात्रै कूल १७६ कम्पनीको एक अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा चाँहि घटी नै हो, तर  सामान्यतया एक अर्ब माथिको सेयर कारोबारलाई बजारमा राम्रो मानिन्छ । अघिल्लो दिन मंगलबारको बजारमा एक अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा निर्जीवन बीमा र लघुवित्त कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो छ । मंगलबार पनि उकालो लागेका यी दुई समूह बुधबारमा पनि दोहोरो अंकले उकालो लागेका छन् । जसमध्ये निर्जीवन बीमा समूह ९७.१९ अंकले उकालो लागेको छ भने लघुवित्त अर्थात माइक्रोफाइनान्स समूह ९०.९५ अंकले बढेको छ ।

यति मात्रै नभई सबैभन्दा बढी कारोबार हुने र बढी कमाउनेमा पनि लघुवित्त नै अग्रस्थानमा रहेको छ । बुधबार नाडेप लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन ६ करोड ३८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, संस्थाको सेयर मूल्य पनि सबैभन्दा बढी अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७६२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा निर्जीवन बीमातर्फको शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको एकैदिन ६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार एक सय २७ रुपैयाँ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।