logo

अहिलेको समय लगानीकर्तालाई शेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर हो : साउद

    1390   पटक पढिएको

 ९ मंसिर / अर्थ र व्यापार - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले यो समय नयाँ लगानीकर्तालाई सेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर रहेको बताएका छन् । नेपालमा पूँजी बजारको दायरा सानो भएकाले यसको भविष्य रहेको बताउँदै उनले बजारमा लगानी गर्न इच्छुकले आफ्नो क्षमताअनुसारको लगानी गर्दा फाइदा हुने बताएका हुन् ।

आइतबार नेप्सेद्धारा बुटवलमा आयोजित लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रममा सीईओ साउदले सो कुरा बताएका हुन् । साथै, उनले शेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली नभएका दाबी गरेका छन् ।नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुने बताएका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी प्रमुख निरज गिरीले शेयर बजारमा संस्थागत लगानीकर्ता नभएकाले बजारमा समस्या देखिएको बताए । बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई प्रतिस्पर्धी बनाउन खोजिएको बताउँदै उनले अनलाइन प्रणालीमा गएपछि ब्रोकरसँगको समस्या नआउने धारणा राखेका छन् । साथै, उनले शेयर बजारका लगानीकर्तालाई कम्पनीको अध्ययन गरेर मात्रै पूँजी बजारमा प्रवेश गर्न आग्रह गरेका छन् ।

नेप्सले आइतबार बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिएको छ । साथै, बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पूँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने नेप्सेले दाबी गरेको छ ।

नेपालमा अहिलेसम्म १६ हजार ५३४ जनाले शेयर बजारमा अनलाइन प्रणालीको प्रयोग गरेका छन् भने प्रदेश नं ५ मा करिब एक हजारले यसको प्रयोग गरेको बताइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।