logo

अहिलेको समय लगानीकर्तालाई शेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर हो : साउद

    1724   पटक पढिएको

 ९ मंसिर / अर्थ र व्यापार - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले यो समय नयाँ लगानीकर्तालाई सेयर बजारमा लगानी गर्ने सुवर्ण अवसर रहेको बताएका छन् । नेपालमा पूँजी बजारको दायरा सानो भएकाले यसको भविष्य रहेको बताउँदै उनले बजारमा लगानी गर्न इच्छुकले आफ्नो क्षमताअनुसारको लगानी गर्दा फाइदा हुने बताएका हुन् ।

आइतबार नेप्सेद्धारा बुटवलमा आयोजित लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रममा सीईओ साउदले सो कुरा बताएका हुन् । साथै, उनले शेयर बजार केही महिनामा नै प्रतिफल दिने नगदे बाली नभएका दाबी गरेका छन् ।नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा हुने बताएका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी प्रमुख निरज गिरीले शेयर बजारमा संस्थागत लगानीकर्ता नभएकाले बजारमा समस्या देखिएको बताए । बैंकलाई ब्रोकर लाइसेन्स दिएर बजारलाई प्रतिस्पर्धी बनाउन खोजिएको बताउँदै उनले अनलाइन प्रणालीमा गएपछि ब्रोकरसँगको समस्या नआउने धारणा राखेका छन् । साथै, उनले शेयर बजारका लगानीकर्तालाई कम्पनीको अध्ययन गरेर मात्रै पूँजी बजारमा प्रवेश गर्न आग्रह गरेका छन् ।

नेप्सले आइतबार बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिएको छ । साथै, बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पूँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने नेप्सेले दाबी गरेको छ ।

नेपालमा अहिलेसम्म १६ हजार ५३४ जनाले शेयर बजारमा अनलाइन प्रणालीको प्रयोग गरेका छन् भने प्रदेश नं ५ मा करिब एक हजारले यसको प्रयोग गरेको बताइएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।