logo

एनएमबि माइक्रोफाइनान्सको साधारणसभाले  २५ प्रतिशत बोनस सेयर पारित गर्यो 

    1448   पटक पढिएको

 
१७ मंसिर / अर्थ र व्यापार - काठमाडौं। एनएमबि माइक्रोफाइनान्स  वित्तीय संस्थाको पाँचौ वार्षिक साधारणसभाले लाभांस पारित गरेको छ ।
कम्पनीले आर्थिक बर्ष २०७३ र ७४ को मुनाफावाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ लाख ८२ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एनएमबी बैंकका नायब महाप्रबन्धक प्रदिप प्रधानले वित्तीय संस्था १० जिल्लाबाट राष्ट्रिय स्तरमा स्तरोन्नति भई ६७ वटा शाखा संचालनमा आएको जानकारी दिए । उनले एनएमबी बैंक र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था एक आपसमा साझेदार गर्दै अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे ।  
 
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले एनएमबि बैंक, एनएमबि माइक्रोफाइनान्स र एनएमबि क्यापिटलले एक आपसमा मिलेर आधुनिक प्रबिधिको भरपुर उपयोग गरी आन्तरिक नियन्त्रण प्रणालीलाई मजवुद बनाउँदै अगाडि वढ्नुपर्ने बताए । बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पूँजी ११ करोड २७ लाखबाट वृद्धि भई १४ करोड आठ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।