logo

बिक्री चाप बढेपनि सुध्रिएन बजार, झण्डै २६ करोडको शेयर कारोबार हुँदा एनएमबि र नेपाल बैंकले उछिने

    1371   पटक पढिएको

३ मंसिर / अर्थ र व्यापार - शेयर लगानीकर्ताले राम्रो लाभांश दिएका कम्पनीको शेयर खरिद बिक्री चाप बढाएपनि शेयर बजार भने उकासिन सकेको छैन। मंगलबारको कारोबारमा समेत शेयर सूचक झिनो अङ्कले घटेर बन्द भएको छ भने सेन्सेटिभ सूचक हरियो देखिएको छ । 

मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.१४ अङ्कले घटेर ११२९.९९ अंकमा ओर्लिएको छ । सेन्सेटिभ सूचक ०.३१ अकले बढेर २४८.९१ अंकमा उक्लिएको छ । सोमबार सूचक ०.२३ अङ्कले घटेको थियो ।  

मंगलबारको कारोबारमा  राम्रो प्रतिफल दिने कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबार गर्ने उच्च कम्पनीको सूचीमा एनएमबि बैंक र नेपाल बैंक लगानीकर्ताको आकर्षण बने । एनएमबि बैंक उच्च कारोबार गर्ने कम्पनीको सूचीमा अग्रस्थानमा छ भने नेपाल बैंक दोस्रो उच्च कारोबार गर्ने कम्पनी बनेको छ ।
एनएमबि बैंकको तीन करोड २० लाख रुपैयाँको कारोबार भयो भने नेपाल बैंकको १ करोड ८७ लाख रुपैयाँको कारोबार भयो । एनएमबि बैंकले ३५ प्रतिशत र नेपाल बैंकले २५ प्रतिशत लाभांश घोषणा गरेका छन् । सोही कारण यी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको हो ।

तर दुवै बैंकको बढी कारोबार भएपनि प्रतिकित्ता शेयर मूल्य भने दुवैको घटेको छ । मंगलबार दुवै कम्पनीको शेयर मूल्य प्रति कित्ता दुई रुपैयाँले घटेको छ ।

मंगलबार १६३ कम्पनीको शेयर २५ करोड ९३ लाख रुपैयाँमा कारोबार भयो । कारोबार रकमकै आधारमा एनएमबि बैंकले अग्रता लिएको छ । मंगलबार कारोबार रकम बढाउन संस्थापक शेयरले बढी टेवा दिएको छ । एनएमबि बैंक र मुक्तिनाथ बैंकको संस्थापक शेयरको धेरै कारोबार भयो। 

एनएमबि बैंकको दुई करोड र मुक्तिनाथ बैकको डेढ करोड रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएका हुन् । मंगलबार १२ समूहको शेयर कारोबार भयो । ६ समूहको उप सूचक घटेका छन् भने ६ समूहकै उप सूचक बढेका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।