logo

नेप्सेमा पाँच कम्पनीको नयाँ सेयर सुचीकृत

    1535   पटक पढिएको

२ भदौ / अर्थ र व्यापार – बाढिपहिरोको सेन्टिमेन्टले सेयर बजारलाई पनि छोएको छ । पूँजी बजारमा कारोबारमा आएका सात समूहमा गिरावट आउँदा कारोबार र सुचक दुबै झरेको छ ।

दोस्रो बजारमा १७८ कम्पनीको शेयर खरिद बिक्रि भए । २७ हजार चार सय ६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । ८४ लाख ४६ हजार चार सय ६० कित्ता शेयर खरिद बिक्रि भएका हुन् । अघिल्लो साताको तुलनामा कारोबार रकम १९.९५ प्रतिशत कम हो ।

सूचक पहिलो दिनको तुलनामा १२.३८ अंकले घटेर १६२९.७५ अंकमा ओर्लिएको छ । गत साता पनि शेयर बजार ११.५२ अंकले घटेर १६५३.५३ अंकमा ओर्लिएको थियो । कारोबार रकम पनि गत साता २७.३० प्रतिशतले घटेको थियो । दुई सातामा बजार करिब २४ अंकले घटेको छ ।

साताभर सबैभन्दा बढि १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ । साताभर पाँच कम्पनीको साधारण, हकप्रद र बोनस शेयर सुचिकृत भएका छन् । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त विकास बैंक र सानिमा बैंकको हकप्रद, सेती फाइनान्सको बोनस सेयर र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर सुचिकृत भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।