logo

नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट, सूचक ४.२० अंकले घटेर ११८३.८७ अंकमा 

    1801   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– आईतवार देखिनै घटेको शेयर बजार आज मंगलबार पनि सूचक सँगै कारोबार रकममा समेत गिरावट आएको छ । 

मंगलबार कारोबारको सुरुवात देखिनै बजार घट्ने क्रममा देखिएको थियो । कारोबारको अन्त्यमा थोरै अंकको सुधार देखिएको भएपनि अन्तमा बजार घटेरै बन्द भएको छ । 

मंगलबार शेयर बजार मापक सूचक ४.२० अंकले घटेर ११८३.८७ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३२ अंकले घटेर २४९.९४ अंकमा झरेको छ ।

मंगलबार १६१ कम्पनीका पाँच लाख ६१ हजार कित्ता शेयर १७ करोड ८७ लाख रुपैयाँमा कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० प्रतिशतले कम हो ।

मंगलबार सबैभन्दा बढी ग्लोबल आइएमइ बैकको एक करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका उपसूचक मिश्रित देखिएका छन् । ट्रेडिङ, निर्जीवन बीमा र अन्य सूचक बढेका छन् भने अरू सबै उपसूचक घटेका छन् ।

ट्रेडिङ २.९५, निर्जीवन वीमा ४.४७ र अन्य १.४१ अंकले बढेका छन् । बैंक ५.३, होटल ८.७६, विकास बैंक ३.१८,जलविद्युत १.७९ , फाइनान्स २.९४,  उत्पादनमूलक २२.८५ , लघुबित्त १०.३३ र जीवन बीमा ०.५१ अंकले घटेका छन् ।

मंगलबार सबैभन्दा बढी साल्ट ट्रेडिङका शेयरधनीले  करिब पाँच प्रतिशत कमाए। गोर्खा फाइनान्सका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए ।     
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।