logo

नेप्सेमा नेतृत्वको तनाव, कारोबार प्रभावित, वजार ५.६३ अंकले घट्यो

    1430   पटक पढिएको


२ साउन/अर्थ र व्यापार– नेप्सेमा नेतृत्वको तनाव र प्रविधिक गडबडी एकैसाथ हु‘दा बुधबार कारोबार प्रभावित भएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश मार्फत मंगलबार हाजिर गरेर फर्किएका साउदलाई नेप्सेमा हाजिर गर्नबाट रोकिनु र नेप्सेमा प्रविधिक गडबडी एकैसाथ हुदा लगानीकर्ताले खुलेर कारोबार गर्न नसक्दा कारोबार रकममा समेत त्यसको प्रभाव देखिएको हो । 

बुधवार शेयर कारोबार मापक सूचक ५.६३ अंकले घटेर ११९८.६८ अंकमा ओर्लिएको छ भने क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत १.२२ अंकको गिरावट आउँदा सूचक २५२.४० अंकमा झरेको छ ।

बुधबार १३९ कम्पनीका चार लाख ७७ हजार कित्ता शेयर १७ करोड रुपैयाको मात्रै कारोबार भयो ।

मंगलबार २० करोड रुपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनभन्दा तीन करोड रुपैयाँ कारोबार रकम कम हो। बुधबार सबैभन्दा बढी नबिल बैंकको दुई करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ११ समूहमा नौ समूहको उपसूचक घटेका छन् । फाइनान्स ०.७६ अंकले बढेको छ भने होटल समूहमा कुनै हेरफेर भएन ।

बुधबार सबैभन्दा बढी नेशनल हाइड्रोपावरका शेयरधनीले करिब पाँच प्रतिशत कमाए भने नयाँ नेपाल लघुवित्तका शेयरधनीले करिब सात प्रतिशत गुमाए ।    

सुरुवाती कारोवारमा प्राविधिक गडबडी आउँदा समस्या देखिएको नेप्सेले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।