logo

राष्ट्र बैकद्धारा नेप्सेलाई मार्जिन कारोबार गर्नका लागि स्वीकृति

    2054   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई मार्जिन कारोबार गर्नका लागि बाटो खोलिदिएसँगै नेप्सेले मार्जिन कारोबारलाई कार्यान्वयनमा लैजाने भएको छ ।

नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मार्जिन कारोबार सुरु गर्न केन्द्रीय बैकसँग अनुमति मागेको थियो । 

नेप्सेको माग अनुरूप केन्द्रीय बैकले मार्जिन कारोबार गर्ने कम्पनीले आँफूसँग अनुमति लिनु पर्ने प्रावधान सहित नेप्सेलाई कारोबार सुरु गर्न बाटो खोलिदिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए।

साउदका अनुसार केन्द्रीय बैकले पठाएको पत्रलाई आगामी बस्ने नेप्सेको बोर्ड बैठकले दिएको निर्देशन र मार्जिन कारोबार सम्बन्धि कार्य्विधिले तोकेको मापदण्डभित्र रहेर मार्जिन कारोबार सुरु गर्ने योजना नेप्सेको छ । 

नेप्सेका अनुसार, सबैभन्दा पहिले मार्जिन कारोबार सुरु गर्न इच्छुक सदस्य दलाल व्यवसायीबाट आवेदन माग गरिने छ । प्राप्त आवेदनको आवश्यक अध्यन गरेर कारोबार सुरु गर्न अनुमति दिइने छ । 

मार्जिन कारोबार सम्बन्धि कार्य्विधि अनुसार, नेप्सेमा सूचिकृत २९ कम्पनीको धितोपत्रमा मात्रै लगानीकर्ताले मार्जिन ऋण पाउने सम्भावना देखिएको छ । समयमा साधारणसभा नगरेकै कारणले मार्जिन कारोवारका लागि २३ कम्पनीको धितोपत्र अयोग्य हुने देखिएको छ । 

कार्य्विधिको मापदण्ड अनुसार कम्तिमा १० हजार शेयरधनी भएको,  कम्पनीको खुद सम्पत्ति ऋणात्मक नरहेको, पछिल्लो दुई आर्थिक बर्षमा कम्तीमा १० प्रतिशत लाभांश दिएको, दोस्रो बजारमा अघिल्लो आर्थिक बर्षभर कम्तिमा ८० प्रतिशत कारोबार भएको र आर्थिक बर्षको प्रथम ६ महिनाभित्रै साधारणसभा सम्पन्न गरेको हुनुपर्ने प्रावधान छ । 

यस्तो प्रावधानका कारण सूचीकृत २९ कम्पनीबाहेक अन्य कम्पनी मार्जिन ऋणका लागि अयोग्य हुने देखिएको छ ।
   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।