logo

१४.६८ अंकले बढेको शेयर बजार १६०० विन्दु माथि, ३ अर्ब बढीको कारोबार 

    1357   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार– बुधवार १४ दशमलव ६८ अंकले बढेर शेयर बजार १६००.९७ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेले यस अघि गत फागुन १५ गते १६०० विन्दु पार गरेको थियो ।

बुधवार १९५ ओटा कम्पनीको रू. ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि ३ अर्ब नाघेको हो । बुधवार अरुण कावेली पावरको सर्वाधिक रू. १५ करोड २९ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । 

जलविद्युत् समुहको परिसूचक सर्वाधिक ५.५४ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको ३.९ प्रतिशत, होटल समुहको २.९८ प्रतिशत, वित्तको २.९४ प्रतिशत, व्यापारिकको ०.६५ प्रतिशत, निर्जीवन बीमाको ०.९६ प्रतिशत, म्यचुअल फण्डको ०.४९ प्रतिशत, बैंकिङको ०.४४ प्रतिशत र जीवन बीमाको ०.१८ प्रतिशत परिसूचक बढेको छ ।
बुधवार सर्वाधिक कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि हुने कम्पनीमा जलविद्युत् कम्पनीहरु रहेका छन् ।

आज सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरुमध्ये नौ ओटा जलविद्युत् कम्पनी रहेका छन् ।
अरुण कावेली पावर, अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, हिमाल दोलखा हाइड्रो, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेण्ट कम्पनी, अपर तामाकोशी, अपि पावर, बुटवल पावर, युनाइटेड मोदी र शिवम् सिमेन्ट सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका हुन् । 

बुधवार कारोबारमा आएका १२ ओटा समुहमध्ये उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव शून्य ३ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ भने बाँकी समुहको बढेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।