logo

१४.६८ अंकले बढेको शेयर बजार १६०० विन्दु माथि, ३ अर्ब बढीको कारोबार 

    1105   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार– बुधवार १४ दशमलव ६८ अंकले बढेर शेयर बजार १६००.९७ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेले यस अघि गत फागुन १५ गते १६०० विन्दु पार गरेको थियो ।

बुधवार १९५ ओटा कम्पनीको रू. ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि ३ अर्ब नाघेको हो । बुधवार अरुण कावेली पावरको सर्वाधिक रू. १५ करोड २९ लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । 

जलविद्युत् समुहको परिसूचक सर्वाधिक ५.५४ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको ३.९ प्रतिशत, होटल समुहको २.९८ प्रतिशत, वित्तको २.९४ प्रतिशत, व्यापारिकको ०.६५ प्रतिशत, निर्जीवन बीमाको ०.९६ प्रतिशत, म्यचुअल फण्डको ०.४९ प्रतिशत, बैंकिङको ०.४४ प्रतिशत र जीवन बीमाको ०.१८ प्रतिशत परिसूचक बढेको छ ।
बुधवार सर्वाधिक कारोबारसँगै सर्वाधिक मूल्य वृद्धि हुने कम्पनीमा जलविद्युत् कम्पनीहरु रहेका छन् ।

आज सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीहरुमध्ये नौ ओटा जलविद्युत् कम्पनी रहेका छन् ।
अरुण कावेली पावर, अरुणभ्याली हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर, हिमाल दोलखा हाइड्रो, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेण्ट कम्पनी, अपर तामाकोशी, अपि पावर, बुटवल पावर, युनाइटेड मोदी र शिवम् सिमेन्ट सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीभित्र परेका हुन् । 

बुधवार कारोबारमा आएका १२ ओटा समुहमध्ये उत्पादन तथा प्रशोधन समुहको शून्य दशमलव शून्य ३ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ भने बाँकी समुहको बढेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।