logo

नेप्से झिनो अङ्कले बढेपनि सेन्सेटिभ सूचक नकारात्मक

    1370   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार - साताको पहिलो दिन आइतबारको शेयर बजार झिनो अङ्कले बढेको छ । आइतबार शेयर बजार मापक सूचक ०.०७ अङ्कले बढेको हो । नेप्से सूचक बढेको भए पनि सेन्सेटिभ सूचक नकारात्मक देखिएको छ ।

आइतबार सेन्सेटिभ सूचक ०.५० अङ्कले घटेर २४६.१५ अंकमा ओर्लिएको छ । शेयर बजार घट्नु पर्ने कुनै कारण नरहेपनि बजार घट्दो क्रममा रहँदा लगानीकर्ता नै दुबिधामा पर्न थालेका छन् । ’घट्नु पर्ने कुनै कारण नभएपनि बजार घटेको छ ’ इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने । लगानीकर्ता बजारप्रति निश्चिन्त हुन नसक्दा बजार घटेको उनको अनुमान छ ।

यर कारोबार सुधारिएको भएपनि कारोबार रकममा अझै सुधार हुन सकेको छैन । आइतबार १६१ कम्पनीका ६ लाख ७५ हजार कित्ता शेयर २० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । कारोबारमा आएका ५७ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घट्यो । २५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
 

नबिल बैंकको सबैभन्दा बढी शेयर कारोबार भयो । उसको मात्रै आइतबार एक करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । एनएमबि बैंकको  दोस्रो बढी कारोबार भएको छ । उसको एक करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।

कारोबारमा आएका कम्पनीको समूहगत उपसूचक मिश्रित देखिएको छ । १२ समूहको कारोबारमा ६ समूहको सूचक बढेको छ भने ६ नै समूहको उप सूचक घटेका छन्।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।