logo

नेप्से झिनो अङ्कले बढेपनि सेन्सेटिभ सूचक नकारात्मक

    1645   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार - साताको पहिलो दिन आइतबारको शेयर बजार झिनो अङ्कले बढेको छ । आइतबार शेयर बजार मापक सूचक ०.०७ अङ्कले बढेको हो । नेप्से सूचक बढेको भए पनि सेन्सेटिभ सूचक नकारात्मक देखिएको छ ।

आइतबार सेन्सेटिभ सूचक ०.५० अङ्कले घटेर २४६.१५ अंकमा ओर्लिएको छ । शेयर बजार घट्नु पर्ने कुनै कारण नरहेपनि बजार घट्दो क्रममा रहँदा लगानीकर्ता नै दुबिधामा पर्न थालेका छन् । ’घट्नु पर्ने कुनै कारण नभएपनि बजार घटेको छ ’ इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले भने । लगानीकर्ता बजारप्रति निश्चिन्त हुन नसक्दा बजार घटेको उनको अनुमान छ ।

यर कारोबार सुधारिएको भएपनि कारोबार रकममा अझै सुधार हुन सकेको छैन । आइतबार १६१ कम्पनीका ६ लाख ७५ हजार कित्ता शेयर २० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । कारोबारमा आएका ५७ कम्पनीको मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घट्यो । २५ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
 

नबिल बैंकको सबैभन्दा बढी शेयर कारोबार भयो । उसको मात्रै आइतबार एक करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । एनएमबि बैंकको  दोस्रो बढी कारोबार भएको छ । उसको एक करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।

कारोबारमा आएका कम्पनीको समूहगत उपसूचक मिश्रित देखिएको छ । १२ समूहको कारोबारमा ६ समूहको सूचक बढेको छ भने ६ नै समूहको उप सूचक घटेका छन्।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।