logo

नेप्समा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ अंक कायम

    1616   पटक पढिएको

२७ माघ/ अर्थ र व्यापार  - साताको पहिलो दिन आइतबार नेप्समा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुल्ला भए देखि लगातार ओरालो लागेको नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ अंकमा झरेकोे छ । यसदिन १६० कम्पनीको ७ लाख ८२ हजार ४७७ कित्ता शेयर २३ करोड ५१ लाख रुपैयाँमा खरिद बिक्री भयो । 

आइतबार कारोबारमा आएका दश उपसूचक मध्ये होटल समूहको सूचक बाहेक सबै सूचक ओरालो लागेको छन् । होटलको सूचक ११.६८ अंकले बढेको छ । यस दिनको कारोबारमा जीवन बीमा समूहको सूचक सबै भन्दा धैरै अर्थात १६०.२६ अंकले घटेको छ भने र्निजीवन बीमाको ११०.०८ अंकले ओरालो लागेको छ । 

जलविद्युतको २६.१८, लघुवित्तको १५.७१, विकास बैंकको १४.६५, बैकिङ्गको ६.७२, अन्य, ५.७३, वित्त ५.७२ र उत्पादन तथा प्रशोधन समूहको सूचक ५. ३५ अंकले झरेका छन् । आइतबार माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ६७ हजार ७९५ कित्ता शेयर एक करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ । साथै माथिल्लो तामाकोशी र नेपाल बैंकको शेयर कारोबार रकम एक करोड रुपैयाँ भन्दा माथि छ । नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये यस दिन ११ वटा कम्पनीको मात्र शेयर मूल्यमा सामान्य सुधार भएको छ । जसमा विजया लघुवित्त, सोल्टि होटल, भार्गव विकास बैंक, कालिका लघुवित्त र रैराङ्ग हाईड्रोपावरको शेयर मूल्य एक प्रतिशत भन्दा धेरैले बढेको छ ।

साथै माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल इन्स्योरेन्स डिप्रोक्स लघुवित्त, नेशनल माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर मूल्य झिनो अंकले बढयो । उता श्री इन्भेष्टमेन्ट फाईनान्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ५.८८ प्रतिशतले ओरालो लाग्यो भने सामुदायिक लघुवित्तको ५.०४ प्रतिशतले घटयो ।
जोशी हाईड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, हिमालयन पावर र नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटयो । साथै शिखर इन्स्योरेन्स, उन्नती माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्सको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले संकुचित भएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।