logo

दोहोरो अंकले घट्यो सेयर बजार, २ अर्ब ३९ करोडको कारोबार 

    1331   पटक पढिएको


२५ असोज/अर्थ र व्यापार– साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । 
आइतबार नेप्से परिसूचक १३.३७ अंकले घटेर १५७६.२७ अंकमा झरेको छ ।

सेयर मुल्य घट्नेमा धेरैजसो जलविद्युतका कम्पनी रहेका छन् । आइतवार जलविद्युत समुहको सुचक करिब २ प्रतिशतले घटेको छ । होटल समुहको सुचक २.१४, विकास बैंकको १.०१, निर्जीवन बीमाको १.०९, उत्पादनमूलकको १.५५ प्रतिशतले सुचक घटेको छ । 

आईतवार फाइनान्स समुहको भने १७ दशमलव ५ अंकले बढेको छ । आइसीएफसी फाइनान्सको सेयर मुल्य ९.८२ प्रतिशत बढेर प्रति कित्ता २४६ रुपैयाँ पुगेको छ । त्यस्तै, रसुवागढी जलविद्युत, जानकी फाइनान्स, सिर्जना फाइनान्सको सेयर मुल्य ६ प्रतिशतले बढेको छ ।

आईतवार दिनभर १९३ कम्पनीका ३७ हजार ५ सय १५ करोबारबाट ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९९ रुपैयाँको कारोबार भएकोे छ ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ६ लाख बराबरको सेयर कारोबार भएको छ, भने अपि पावरको पनि १० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।