logo

नेप्सेको सिस्टममा समस्या आएपछि शेयर कारोबार ठप्प

    1467   पटक पढिएको

२६ फागुन/ अर्थ र व्यापार - शेयर कारोबारमा समस्या देखिएको छ । नेप्सेको शेयर कारोबार गराउने प्रणाली (सिस्टम) चल्न नसक्दा सवा एक घण्टा यता कारोबार हुन नसकेको हो । पटक पटक कारोबार नै रोकिने गरी समस्या उत्पन्न हुन थालेपछि अनलाइन प्रणाली र नेप्सेको कार्यसम्पादनमाथि नै लगानीकर्ताले प्रश्न उठाउन थालेका छन् ।

नेप्सेको सिस्टम नै नचलेपछि वेवसाइट पनि ठप्प छ । एक घण्टा यता नेप्सेको प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ता कारोबार गर्न बञ्चित भएका हुन् । नेप्सेको वेवसाइटमा १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यस यताको कारोबार भएको छैन । 

करिब एक घण्टा कारोबार नहुँदा पनि नेप्सेले आधिकारिक सूचना लगानीकर्तालाई दिएको छैन । मेरोलगानीले नेप्सेमा सम्पर्क गर्दा कारोबार रोकिएको विषयमा नेप्सेमा बैठक बसिरहेको छ । समस्या के हो भन्ने विषयमा बैठक बसिरहेको नेप्से स्रोतले जानकारी दिएको छ । गत कार्तिक २० गते अनलाईन कारोबार प्रणाली सुरुवात गरेयता पटक पटक नेप्सेको कारोबार प्रणालीमा समस्या आइरहेको छ । जसका कारण लगानीकर्ताले समस्या झेल्दै आएका छन् ।

कारोबारका लागि वेवसाइड हेरेर बसिरहेका लगानीकर्ताहरु अन्योलमा परेका छन् । ऋणात्मक रहेको नेप्से सूचकमा हरियाली छाएको समयमा साइटमा समस्या सत्पन्न भएपछि लगानीकर्ता सूचनाबाट बञ्चित भएका हुन् । नेप्सेको वेवसाइटमा कारोबारको एक घण्टा ४० मिनेट अवधिमा १४० कम्पनीको ३ लाख २२ हजार कित्ता शेयर ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ । यस्तै नेप्से परिसूचक १.४३ अंकले बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।