logo

नेप्सेको सिस्टममा समस्या आएपछि शेयर कारोबार ठप्प

    1738   पटक पढिएको

२६ फागुन/ अर्थ र व्यापार - शेयर कारोबारमा समस्या देखिएको छ । नेप्सेको शेयर कारोबार गराउने प्रणाली (सिस्टम) चल्न नसक्दा सवा एक घण्टा यता कारोबार हुन नसकेको हो । पटक पटक कारोबार नै रोकिने गरी समस्या उत्पन्न हुन थालेपछि अनलाइन प्रणाली र नेप्सेको कार्यसम्पादनमाथि नै लगानीकर्ताले प्रश्न उठाउन थालेका छन् ।

नेप्सेको सिस्टम नै नचलेपछि वेवसाइट पनि ठप्प छ । एक घण्टा यता नेप्सेको प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ता कारोबार गर्न बञ्चित भएका हुन् । नेप्सेको वेवसाइटमा १२ बजेर ४१ मिनेटसम्म कारोबार भएपनि त्यस यताको कारोबार भएको छैन । 

करिब एक घण्टा कारोबार नहुँदा पनि नेप्सेले आधिकारिक सूचना लगानीकर्तालाई दिएको छैन । मेरोलगानीले नेप्सेमा सम्पर्क गर्दा कारोबार रोकिएको विषयमा नेप्सेमा बैठक बसिरहेको छ । समस्या के हो भन्ने विषयमा बैठक बसिरहेको नेप्से स्रोतले जानकारी दिएको छ । गत कार्तिक २० गते अनलाईन कारोबार प्रणाली सुरुवात गरेयता पटक पटक नेप्सेको कारोबार प्रणालीमा समस्या आइरहेको छ । जसका कारण लगानीकर्ताले समस्या झेल्दै आएका छन् ।

कारोबारका लागि वेवसाइड हेरेर बसिरहेका लगानीकर्ताहरु अन्योलमा परेका छन् । ऋणात्मक रहेको नेप्से सूचकमा हरियाली छाएको समयमा साइटमा समस्या सत्पन्न भएपछि लगानीकर्ता सूचनाबाट बञ्चित भएका हुन् । नेप्सेको वेवसाइटमा कारोबारको एक घण्टा ४० मिनेट अवधिमा १४० कम्पनीको ३ लाख २२ हजार कित्ता शेयर ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ । यस्तै नेप्से परिसूचक १.४३ अंकले बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।