logo

मंगलबार नेप्सेमा ३.०८ अंकले बढ्यो

    1235   पटक पढिएको

 

६ मंसिर  / अर्थ र व्यापार - मंगलबार नेप्सेमा सामान्य सुधार देखिएको छ । गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से यस दिन मंगलबार नेप्सेमा ३ दशमलव शून्य ८ अंक बढेको छ । कारोबारको एक घन्टा अवधिसम्म करिब स्थिर रहेको नेप्से त्यसपछिको समयमा बढ्न थालेको थियो । कारोबारमा आएका दश समूहमध्ये ६ समूहका परिसूचक बढेपछि नेप्से उकालो लाग्न पुगेको हो । नेप्से उकालो लागे पनि अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम घटेको छ । पछिल्ला चार कारोबार दिनमा नेप्से ४६ दशमलव ८६ अंक घटेपछि कम्पनीहरूको सेयरमूल्य सस्तो भएको छ । सोही मौकाको फाइदा उठाउँदै लगानीकर्ताहरू खरिद गर्न अग्रसर भएका कारण बजारमा केही सुधार देखिएको हो ।

यस दिन १ सय ५९ कम्पनीको ४ हजार २ सय ९० पटकको कारोबारमा रु. ३५ करोड ८ लाख १८ हजारबराबरको ८ लाख ४२ हजार ६ सय ८२ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा ११ दशमलव ७९ प्रतिशत अर्थात् रु. ४ करोड ६९ लाख कम हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ३७ दशमलव ७४ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ९२ अंक बढेर ३ सय १० बिन्दुमा पुगेको छ ।

कारोबार रकमका आधारमा यस दिन नागबेली लघुवित्त विकास बैंकको संस्थापक सेयर अगाडि रहेको छ । यस दिन सो कम्पनीको रु. ४ करोड २६ लाखभन्दा बढीको संस्थापक सेयर खरिद–बिक्री भएको छ । ग्रिन डेभलपमेन्ट बैंक र विशाल बजार कम्पनीको सेयरमूल्य यस दिन क्रमशः ९ दशमलव ८४ प्रतिशत र ९ दशमलव ८१ प्रतिशत बढेको छ । प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य भने यस दिन ६ दशमलव शून्य ३ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५९ कम्पनीमध्ये ८२ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 
विशाल बजारको सेयरमूल्य बढेपछि ट्रेडिङ समूहको परिसूचक सर्वा्धिक ७ दशमलव ६८ प्रतिशत बढेर २ सय १९ बिन्दुमा पुगेको छ । होटेल र बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४४ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३६ प्रतिशत बढेको छ भने बिमा र माइक्रोफाइनान्स समूहको शून्य दशमलव १९ प्रतिशत बढेको छ । ‘अन्य’ समूहको परिसूचक यस दिन शून्य दशमलव ६६ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको शून्य दशमलव ६ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३१ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १९ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।