logo

शेयर दलाल व्यवसायीहरुलाई नेप्से अनलाईन सिस्टम सहज तबरबाट वितरण गर्न नेप्सेको निर्देशन

    1714   पटक पढिएको

२० चैत्र/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जले सम्पूर्ण शेयर लगानीकर्ताहरुलाई नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) को लगइन (युजर नेम र पासवर्ड) सहज तबरबाट वितरण गर्न शेयर दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । शेयर दलाल व्यवसायीहरुबाट लगानीकर्ताहरुले सहज रुपमा नेप्सेको अनलाईन कारोबार प्रणालीको लगइन पाउन नसकेकोमा ध्यानाकर्षण भएको जनाउँदै नेप्सेले कुनैपनि शेयर सदस्यले लगइन प्रदान गर्न असहयोग गरेमा नेप्सेको सुपरिवेक्षण शाखामा सम्पर्क गर्न भनेको छ । 

साथै पूँजी बजारमा सर्वसाधारणको पहुँचलाई फराकिलो पार्न अनलाईन कारोबार प्रणालीको लगइन दिने कार्य महत्वपका साथ गरि पूँजी बजारको दायरा फराकिलो पार्न समेत सम्पूर्ण शेयर दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । यस्तो कारोबारका लागि सम्बन्धित सदस्य दलालसँग तोकिएको सम्झौता गरि लिनुपर्ने नेप्सेले स्पष्ट पारेको छ ।

धितोपत्रको दोस्रो बजारमा आम सर्वसाधारण लगानीकर्ताको प्रत्यक्ष संलग्नताका लागि देश तथा विदेशबाट समेत शेयर खरिद बिक्री गर्न सकिने व्यवस्था नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम लागू गरि सञ्चालनमा ल्याएको स्टक एक्सचेञ्जले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।