logo

शेयर दलाल व्यवसायीहरुलाई नेप्से अनलाईन सिस्टम सहज तबरबाट वितरण गर्न नेप्सेको निर्देशन

    1414   पटक पढिएको

२० चैत्र/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जले सम्पूर्ण शेयर लगानीकर्ताहरुलाई नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) को लगइन (युजर नेम र पासवर्ड) सहज तबरबाट वितरण गर्न शेयर दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । शेयर दलाल व्यवसायीहरुबाट लगानीकर्ताहरुले सहज रुपमा नेप्सेको अनलाईन कारोबार प्रणालीको लगइन पाउन नसकेकोमा ध्यानाकर्षण भएको जनाउँदै नेप्सेले कुनैपनि शेयर सदस्यले लगइन प्रदान गर्न असहयोग गरेमा नेप्सेको सुपरिवेक्षण शाखामा सम्पर्क गर्न भनेको छ । 

साथै पूँजी बजारमा सर्वसाधारणको पहुँचलाई फराकिलो पार्न अनलाईन कारोबार प्रणालीको लगइन दिने कार्य महत्वपका साथ गरि पूँजी बजारको दायरा फराकिलो पार्न समेत सम्पूर्ण शेयर दलाल व्यवसायीहरुलाई निर्देशन दिएको छ । यस्तो कारोबारका लागि सम्बन्धित सदस्य दलालसँग तोकिएको सम्झौता गरि लिनुपर्ने नेप्सेले स्पष्ट पारेको छ ।

धितोपत्रको दोस्रो बजारमा आम सर्वसाधारण लगानीकर्ताको प्रत्यक्ष संलग्नताका लागि देश तथा विदेशबाट समेत शेयर खरिद बिक्री गर्न सकिने व्यवस्था नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम लागू गरि सञ्चालनमा ल्याएको स्टक एक्सचेञ्जले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।