logo

शेयर बजारमा अनलाइन प्रणाली सुरु, आर्थिक बर्षको पहिलो दिन नेप्सेमा ८.०३ अंकले गिरावट 

    1751   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– शेयर बजारमा लामो समयदेखि प्रतिक्षीत अनलाइन प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो कारोबार तथा अनलाइन प्रणाली आएको दिनमा शेयर बजारमा ८.०३ अंकले गिरावट आएको छ । अंकसँगै कारोबार रकम पनि २० करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्जले आजै देखि छुट्टाएको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको उपसूचक भने र घटेको छ ।
व्यापार फाइनान्स र अन्य उपसूचक बाहेक अरु सबै सूचक तथा उपसूचक घटेका छन् ।

नेपाल स्टक एक्सचेन्जले आजै देखि छुट्टाएको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको उपसूचक पनि घटेको छ ।

सबैभन्दा धेरै नविल बैंकको ५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने रैराङ हाइड्रोपावरका शेयरधनीले ६.७६ प्रतिशतले कमाएका छन् साथै बोटलर्स नेपाल तराइका शेयरधनीले ५.८२ अंकले गुमाएका छन् ।

नेप्सेले आजदेखि लगानीकर्ताको हातमा अनलाइन प्रणाली पुग्ने बताए पनि केही ब्रोकरले मात्रै ’युजर नेम’ र ’पासवर्ड’ दिए। केही दिनमा नै सम्पुर्ण ब्रोकरले आफ्ना ग्राहकहरुको हात हातमा अनलाइन प्रणाली पुर्याउने बताएका छन्।  

नेप्सेले ’युएटि’ परिक्षण गरेपछि लगानीकर्ताले आफ्नो अर्डर आफैँले दिन पाउँछन् । यसको लागि अझै दशैँसम्म कुर्नुपर्ने नेप्सेका प्राविधिकले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।