logo

शेयर बजारमा अनलाइन प्रणाली सुरु, आर्थिक बर्षको पहिलो दिन नेप्सेमा ८.०३ अंकले गिरावट 

    1404   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– शेयर बजारमा लामो समयदेखि प्रतिक्षीत अनलाइन प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो कारोबार तथा अनलाइन प्रणाली आएको दिनमा शेयर बजारमा ८.०३ अंकले गिरावट आएको छ । अंकसँगै कारोबार रकम पनि २० करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्जले आजै देखि छुट्टाएको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको उपसूचक भने र घटेको छ ।
व्यापार फाइनान्स र अन्य उपसूचक बाहेक अरु सबै सूचक तथा उपसूचक घटेका छन् ।

नेपाल स्टक एक्सचेन्जले आजै देखि छुट्टाएको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको उपसूचक पनि घटेको छ ।

सबैभन्दा धेरै नविल बैंकको ५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने रैराङ हाइड्रोपावरका शेयरधनीले ६.७६ प्रतिशतले कमाएका छन् साथै बोटलर्स नेपाल तराइका शेयरधनीले ५.८२ अंकले गुमाएका छन् ।

नेप्सेले आजदेखि लगानीकर्ताको हातमा अनलाइन प्रणाली पुग्ने बताए पनि केही ब्रोकरले मात्रै ’युजर नेम’ र ’पासवर्ड’ दिए। केही दिनमा नै सम्पुर्ण ब्रोकरले आफ्ना ग्राहकहरुको हात हातमा अनलाइन प्रणाली पुर्याउने बताएका छन्।  

नेप्सेले ’युएटि’ परिक्षण गरेपछि लगानीकर्ताले आफ्नो अर्डर आफैँले दिन पाउँछन् । यसको लागि अझै दशैँसम्म कुर्नुपर्ने नेप्सेका प्राविधिकले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।