logo

मंगलबार १८ अंकको बृद्धि टिक्न नसक्दा नेप्सेमा ४.७७ अंकको मात्रै सुधार

    1214   पटक पढिएको


८ साउन/अर्थ र व्यापार–  सोमबार दोहोरो अंकले बृद्धि भएको शेयर बजार मंगलबार १८ अंकको बृद्धि टिक्न नसक्दा ४.७७ अंकको मात्रै सुधार देखिएको छ । 

कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार १ बजेर ३८ मिनेट सम्ममा १८ अंकको सुधार देखिएको भए पनि त्यसपछि विस्तारै करेक्सन हुँदै ०.४० प्रतिशतको बृद्धिमा खुम्चिएको हो । बजारमा केहि उतार चढावसँगै २९ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकहरुले ब्याजदर घटाउन थालेको तथा तरलता पनि विस्तारै सहज हुँदै जाने अनुमानसँगै मंगलबार कारोबारको मध्यान्नसम्ममा बजारमा १८ अंकको सुधार देखिएको थियो ।

कानुन मन्त्री शेरवहादुर तामाङसँगै अर्थमन्त्री डा. युवराज खतिवडा र अन्य केही मन्त्रीले राजिनामा गर्ने बारे फिँजाइएको हल्लाले बृद्धि देखिएको शेयर वजार हल्ला मित्थ्या सावित भएपछि फेरि घटेको थियो  । 

उत्पादन तथा प्रसोधन र माइक्रोफाइनान्सको उपसूचक घटेपनि अन्य सम्पुर्ण सूचक तथा उपसूचक भने बढेका छन्। होटलको उपसूचक सबैभन्दा धेरै २.७९ प्रतिशतले बढेको छ । 

सबैभन्दा धेरै नविल बैंकको एक करोड ८८ लाख रुपैयाँको कारोबार भयो। यस्तै सबैभन्दा धेरै बढेका सिर्जना फाइनान्स र नयाँ नेपाल लघुवित्तको कारोबारमा सर्किट लागेको थियो भने सबैभन्दा धेरै घटेका वेष्ट फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको कारोबारमा पनि सर्किट लागेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।