logo

सेयर बजारमा ३ अंकको गिरावट, ४ अर्ब ५६ करोडको कारोबार 

    1243   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– मंगलबार सेयर बजारको परिसूचक नेप्से मंगलबार ३. ५४ अंकले घटेर २१६५.४९ अंकमा कायम भएको छ । कारोबार ४ अर्ब ५६ करोड रुपैयाँको भएको छ।

आज शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६९ करोड रुपैयाँको सेयर किनबेच भयो । कम्पनीको मूल्य प्रतिकित्ता ४५ रुपैयाँ बढेर १८९५ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९० लाख रुपैयाँको कारोबार भयो । कम्पनीको मूल्य १२ रुपैयाँ घटेर २३३८ रुपैयाँ कायम भएको छ । त्यसैगरी पुनर्बीमा कम्पनीको २५ करोड ३५ लाख रुपैयाँ को कारोबार भयो । 

आज विकास बैंक २.९, जलविद्युत ५०.५, निर्जीवन बीमा ५७. ९ अंकले बढेका छन् । भने अन्य समुह घटेका छन्। आज बैंकिङ ९, ब्यापार १४६, होटल २०, फाइनान्स १, उत्पादन १६, अन्य ५, माइक्रोफाइनान्स ५, जीवन बीमा ४६ अंकले घटेका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रो पावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै मूल्य कमाए। सबैभन्दा बढी साल्ट ट्रेडिङले ६ प्रतिशतले गुमाए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।