logo

सेयर बजारमा ३ अंकको गिरावट, ४ अर्ब ५६ करोडको कारोबार 

    1347   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– मंगलबार सेयर बजारको परिसूचक नेप्से मंगलबार ३. ५४ अंकले घटेर २१६५.४९ अंकमा कायम भएको छ । कारोबार ४ अर्ब ५६ करोड रुपैयाँको भएको छ।

आज शिखर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६९ करोड रुपैयाँको सेयर किनबेच भयो । कम्पनीको मूल्य प्रतिकित्ता ४५ रुपैयाँ बढेर १८९५ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९० लाख रुपैयाँको कारोबार भयो । कम्पनीको मूल्य १२ रुपैयाँ घटेर २३३८ रुपैयाँ कायम भएको छ । त्यसैगरी पुनर्बीमा कम्पनीको २५ करोड ३५ लाख रुपैयाँ को कारोबार भयो । 

आज विकास बैंक २.९, जलविद्युत ५०.५, निर्जीवन बीमा ५७. ९ अंकले बढेका छन् । भने अन्य समुह घटेका छन्। आज बैंकिङ ९, ब्यापार १४६, होटल २०, फाइनान्स १, उत्पादन १६, अन्य ५, माइक्रोफाइनान्स ५, जीवन बीमा ४६ अंकले घटेका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, रिडी हाइड्रो पावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै मूल्य कमाए। सबैभन्दा बढी साल्ट ट्रेडिङले ६ प्रतिशतले गुमाए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।