logo

प्यानको विषयमा छलफल रोकिए पनि शेयर बजारमा असर कायमै, नेप्से सुचक ११ अंकले घट्यो

    1475   पटक पढिएको

१३ माघ /अर्थ र व्यापार - शुक्रबार लगानीकर्ताहरुले दोस्रो बजारमा प्रभाव पार्ने भन्दै तत्काल नल्याउन माइन्युट गरेपनि लगानीकर्ता आश्वस्त बन्न नसक्दा नेप्से ११ अंकले घटेको छ । आइतबार नेप्से सूचक १०.६८ अंकले ओरालो लाग्दा सम्पूर्ण सूचक तथा उपसूचक नै ओरालो झरेका छन् । कारोबार सुरु भए देखिनै घट्न थालेको शेयर बजारमा १६४ कम्पनीको ३४ करोड तीन लाख रुपैयाँको करोबार भएको छ ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताको लागि स्थायी लेखा नम्बर (प्यान)को विषय छलफलकै क्रममा तत्काललाई रोकिएपनि त्यसको असर दोस्रो बजारमा देखिएको छ । तामाकोशीको सबैभन्दा धेरै तीन करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । सबै सूचक ओरालो झर्दा समता माइक्रोफाइनान्सका शेयरधनीले सबै भन्दै धेरै ३.७८ प्रतिशतले कमाएका छन् ।

शुक्रबार नेप्से पुगेका लगानीकर्ता आइतबार नेपाल धितोपत्र बोर्डमा प्यानका बारेमा छलफल गर्न धितोपत्र बोर्ड पुगे । प्यानले शेयर बजार थप ओरालो लाग्ने भन्दै बोर्डमा लगानीकर्ताले तत्काल अघि नबढाउन आग्रह गरेको नेपाल पूँजी बजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरलले जानकारी दिइन् ।

बोर्डले लगानीकर्तासहित अर्थमन्त्रालय र नेपाल स्टक एक्सचेन्जका पदाधिकारीहरुलाई बोलाएर छलफल गर्ने सहमति भएको छ । प्यानका बारेमा थप छलफल गरेर पाँच वर्षमा मात्रै कार्यान्वयनमा ल्याउन उनीहरुले आग्रह गरे । प्यानले कारोबारमा सीमा तोक्ने अविश्वास ल्याएको लगानीकर्ता अर्जुन पराजुलीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।