logo

प्यानको विषयमा छलफल रोकिए पनि शेयर बजारमा असर कायमै, नेप्से सुचक ११ अंकले घट्यो

    1753   पटक पढिएको

१३ माघ /अर्थ र व्यापार - शुक्रबार लगानीकर्ताहरुले दोस्रो बजारमा प्रभाव पार्ने भन्दै तत्काल नल्याउन माइन्युट गरेपनि लगानीकर्ता आश्वस्त बन्न नसक्दा नेप्से ११ अंकले घटेको छ । आइतबार नेप्से सूचक १०.६८ अंकले ओरालो लाग्दा सम्पूर्ण सूचक तथा उपसूचक नै ओरालो झरेका छन् । कारोबार सुरु भए देखिनै घट्न थालेको शेयर बजारमा १६४ कम्पनीको ३४ करोड तीन लाख रुपैयाँको करोबार भएको छ ।

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताको लागि स्थायी लेखा नम्बर (प्यान)को विषय छलफलकै क्रममा तत्काललाई रोकिएपनि त्यसको असर दोस्रो बजारमा देखिएको छ । तामाकोशीको सबैभन्दा धेरै तीन करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । सबै सूचक ओरालो झर्दा समता माइक्रोफाइनान्सका शेयरधनीले सबै भन्दै धेरै ३.७८ प्रतिशतले कमाएका छन् ।

शुक्रबार नेप्से पुगेका लगानीकर्ता आइतबार नेपाल धितोपत्र बोर्डमा प्यानका बारेमा छलफल गर्न धितोपत्र बोर्ड पुगे । प्यानले शेयर बजार थप ओरालो लाग्ने भन्दै बोर्डमा लगानीकर्ताले तत्काल अघि नबढाउन आग्रह गरेको नेपाल पूँजी बजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरलले जानकारी दिइन् ।

बोर्डले लगानीकर्तासहित अर्थमन्त्रालय र नेपाल स्टक एक्सचेन्जका पदाधिकारीहरुलाई बोलाएर छलफल गर्ने सहमति भएको छ । प्यानका बारेमा थप छलफल गरेर पाँच वर्षमा मात्रै कार्यान्वयनमा ल्याउन उनीहरुले आग्रह गरे । प्यानले कारोबारमा सीमा तोक्ने अविश्वास ल्याएको लगानीकर्ता अर्जुन पराजुलीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।