logo

जीवन बीमाको सेयरमा लगानीकर्ता झुम्मिदा नेप्से धेरै घट्न पाएन, तीन दिनमा ३० अंकले घट्यो बजार

    1209   पटक पढिएको

८ माघ / अर्थ र व्यापार - बुधबार सेयर बजारमा ७.०५ अंकको गिरावट आएसँगै नेप्से परिसूचक १३१३.४२ अंकमा झरेको छ। साताको पहिलो दिन बजार १३४४ अंकमा पुग्दा बजारमा दुई अर्ब  नौ करोड रुपैयाँको कारोबार भएपनि त्यसपछि लगातार सूचक र कारोबार रकम दुबै घटिरहेको छ।

बजारमा उत्तरचढाव आउँदा बुधबार एक अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजार खुलेको आधा घण्टापछि घट्न सुरु भएको बजार १३१० अंक सम्म तल झरेको थियो। १२ बजेपछि बजारमा केही सुधार हुन खोजेपनि फेरि आधा घण्टापछि बजार घट्न सुरु भएको थियो। त्यसपछि कुनै पनि समय हरियो हुन नसकेको बजार अन्त्यमा ७.०५ अंकले घट्दै बन्द भएको हो।

बुधबार पनि ग्लोबल आइएमई बैंकको सेयर सबैभन्दा बढी किनबेच भएको छ। बैंकको ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। ग्लोबल आइएमई बैंक पछि नेपाल बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

धेरै शेयर किनबेच हुनेमा ५ वटा बीमा कम्पनी छन्। सबैभन्दा धेरै सूर्य लाइफको ७ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एसियन लाइफको ५ करोड ८३ लाख, नेपाल लाइफको ५ करोड ८१ लाख, प्राइम लाइफको ५ करोड ४१ लाख र गुराँस लाइफको २ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

दिनभर १७८ कम्पनीका ४९ लाख कित्ता शेयर किनबेच भएका छन्। लाइफ इन्स्योरेन्सको उपसूचक २ प्रतिशतले बढेपनि अन्य सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर, होटल र ट्रेडिङ समुहका उपसूचक १र१ प्रतिशत भन्दा बढीले घटेका छन्।

लामो समयपछि गत पुस २२ गते एक अर्ब नाघेको कारोबार रकम, २८ पुसमा पौने दुई अर्ब रुपैयाँ पुगेको थियो। माघ पाँच गते दुई अर्ब नाघेको कारोबार रकम त्यसपछि क्रमश घट्दो क्रममा छ। सोमबार एक अर्ब ९७ करोड, मंगलवार एक अर्ब ५१ करोड र बुधबार एक अर्ब ५८ करोड रुपैयाँमा कारोबार झरेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।