logo

जीवन बीमाको सेयरमा लगानीकर्ता झुम्मिदा नेप्से धेरै घट्न पाएन, तीन दिनमा ३० अंकले घट्यो बजार

    1457   पटक पढिएको

८ माघ / अर्थ र व्यापार - बुधबार सेयर बजारमा ७.०५ अंकको गिरावट आएसँगै नेप्से परिसूचक १३१३.४२ अंकमा झरेको छ। साताको पहिलो दिन बजार १३४४ अंकमा पुग्दा बजारमा दुई अर्ब  नौ करोड रुपैयाँको कारोबार भएपनि त्यसपछि लगातार सूचक र कारोबार रकम दुबै घटिरहेको छ।

बजारमा उत्तरचढाव आउँदा बुधबार एक अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बजार खुलेको आधा घण्टापछि घट्न सुरु भएको बजार १३१० अंक सम्म तल झरेको थियो। १२ बजेपछि बजारमा केही सुधार हुन खोजेपनि फेरि आधा घण्टापछि बजार घट्न सुरु भएको थियो। त्यसपछि कुनै पनि समय हरियो हुन नसकेको बजार अन्त्यमा ७.०५ अंकले घट्दै बन्द भएको हो।

बुधबार पनि ग्लोबल आइएमई बैंकको सेयर सबैभन्दा बढी किनबेच भएको छ। बैंकको ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। ग्लोबल आइएमई बैंक पछि नेपाल बैंकको नौ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

धेरै शेयर किनबेच हुनेमा ५ वटा बीमा कम्पनी छन्। सबैभन्दा धेरै सूर्य लाइफको ७ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एसियन लाइफको ५ करोड ८३ लाख, नेपाल लाइफको ५ करोड ८१ लाख, प्राइम लाइफको ५ करोड ४१ लाख र गुराँस लाइफको २ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

दिनभर १७८ कम्पनीका ४९ लाख कित्ता शेयर किनबेच भएका छन्। लाइफ इन्स्योरेन्सको उपसूचक २ प्रतिशतले बढेपनि अन्य सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर, होटल र ट्रेडिङ समुहका उपसूचक १र१ प्रतिशत भन्दा बढीले घटेका छन्।

लामो समयपछि गत पुस २२ गते एक अर्ब नाघेको कारोबार रकम, २८ पुसमा पौने दुई अर्ब रुपैयाँ पुगेको थियो। माघ पाँच गते दुई अर्ब नाघेको कारोबार रकम त्यसपछि क्रमश घट्दो क्रममा छ। सोमबार एक अर्ब ९७ करोड, मंगलवार एक अर्ब ५१ करोड र बुधबार एक अर्ब ५८ करोड रुपैयाँमा कारोबार झरेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।