logo

४२ अंकले बढ्यो नेप्से, सवा अर्बको कारोबार, लगानीकर्ताको आकर्षण बीमा कम्पनीमा

    1469   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - साताको पहिलो दिने शेयर बजारमा उछाल आएको छ । बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२.६१ अंकले बढेर बजार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेर १२५५.७२ अंकमा पुगेको छ। जुन गत चारमहिना यताकै उच्चतम विन्दु हो ।

त्यस्तै, परिसूचकसँगै शेयर कारोबारमा पनि उच्च वृद्धि भएको छ । आइतबार मात्रै एक अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बजारमा कूल १७९ कम्पनीको ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका मध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, गा्रमीण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँ भन्दा बढीको शेयर बिक्री भएका छन् ।

बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै आइतबारको बजारमा उछाल आएको हो । सो दिन जीवन बीमा र निर्जीवन बीमा समूह त्रिपल डिजिट अर्थात उच्च अंकले बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४०९.२७ र निर्जीवन बीमा समूह ३८४.२१ अंकले उकालो लागेका छन् । बजारमा कारोबारमा आएका सबै सूचक हरिया देखिएका छन् । जसमध्ये म्युचअल फण्ड समूह सामान्य अंकले बढेको छ भने बाँकी समूह दोहोरो अंकले उकालो लागेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।