logo

सेयर बजारमा सुधार नेप्से परिसूचक १५.१७ अंकले बढ्यो

    1467   पटक पढिएको

२ पुस/ अर्थ र व्यापार - सेयर बजार सुधारको माग राखेर लगानीकर्ताको एउटा समुहबाट आमरण अनशन सुरु गरेको दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.१७ अंकले उकालो लागेको छ । लगानीकर्ताको दवाव समुहले सोमबारदेखि आमरण अनशन बसेको छ । समुहले सेयर कारोबार समेत ठप्प गराउने बताएपनि सोमबार ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

लगानीकर्ताको दवाव समुहले सेयर कारोबार नगर्न अपिल जारी गर्दै सेयर कारोबार भएमा जेपनि हुन सक्ने धम्कीयुक्त विज्ञप्ती जारी गरेको थियो । सोमबारदेखि नेप्से परिसरमा लगानीकर्ता दवाव समुहबाट हरि ढकाल र तिलक कोइराला आमरण अनशन बसेका छन् ।

सोमबार सेयर बजारमा १५९ कम्पनीको सेयर किनबेच भएको छ । सरकारले सेयर बजार सुधारको लागि गठन गरेको कार्यदलले मार्जिन लेन्डिङलाई नयाँ प्रोडक्टको रुपमा विकास गर्दै ६५ प्रतिशतसम्म यस्तो ऋण सुविधा दिन सकिने प्रस्ताव गरेको छ ।

कार्यदलले बुधवार प्रतिवेदन पेश गर्ने बताइएको छ । सोमबार ट्रेडिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ ।  कारोबार रकमको आधारमा छिमेक लघुवित्त संस्था अगाडि रहेको छ । यस्तै मिर्मिरे लघुवित्तका लगानीकर्ता सबैभन्दा बढी कमाउने सूचिमा रहेका छन् । कालिका पावरका लगानीकर्ता सबैभन्दा बढी गुमाउनेमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।