logo

एकै दिन ४५ अंकले नेप्से बढ्यो

    1524   पटक पढिएको

 

 

१७ पुस / अर्थ र व्यापार - काठमाडौं । लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४.५ अंकको वृद्धि हासिल गरेको छ । १४०० विन्दुमा टेवा परिक्षण गरिरहेको नेप्सेले टेवा पाएको देखिन्छ ।

निकै न्युन विन्दुमा पुगेको नेप्सेको आरएसआई सुचकले समेत बजारमा सुधारको सम्भावना देखिएको थियो । आरएसआई सुचक पनि एकै दिन ६ स्केलबाट बढेर २७ विन्दुमा पुगेको छ । नेप्से अझै सन्तुलन क्षेत्र ‘जोन’ मा आउन बाँकी रहेको यसले संकेत गर्छ । आइतवार फोरमले बैंकरहरुसँग गरेको भेटघाट, बैंकहरुबाट ब्याजदर १२ प्रतिशतभन्दा धेरै नबनाउने सहमतीले पनि बजारलाई आधारभुत पक्षबाट भरथेग गरेको छ । सोमवार ११ वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । यसमध्ये ४ वटाले यसअघि प्रस्ताव गरेको अधिकत्तम व्याजदरलाई संशोधन गरेर केही घटाएका छन् । यद्यपी औसतमा भने व्याजदर लगभग १०.५० प्रतिशत हाराहारीमा रहेको छ ।

बजार निकै तल आएकोले पनि सकारात्मक यी समाचारहरु आउदा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बजारमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिएको छ । यो मनोविज्ञानलाई टेवा पुग्ने गरि घटना क्रम विकास भएमा बजारले थप गति लिनेछ । यद्यपी बजारको स्पष्ट दिशा देखिन केही दिनको कारोबार अवलोकन गर्नैपर्ने हुन्छ । पुस मसान्तमा सेयर धितोमा कर्जा लिएकाहरुले व्याज तिनुपर्ने, मार्जिन कलको सामना गर्नुपर्ने सम्भावना पनि रहेकोले आगामी दिनमा नेप्सेले लिने गति अनुसार यसको प्रभाव पनि देखिनेछ । बजार वृद्धिको दिशामा रहेमा यसको दबाब बजारमा कम पर्नेछ भने बजार घट्दो क्रममा देखिएमा थप चाप पर्नेछ ।

धेरै बजार पूँजीकरण भएका वाणिज्य बैंकहरुको सेयर मूल्य बोनस लगायतको समायोजन पछि १ हजार मुनि र अन्यको ४ सयदेखि माथि रहेकोले पनि यही समूहमा उच्च वृद्धि भएको हो । होटल समूहको परिसूचक सबैभन्दा धेरै ५ प्रतिशत, लघुवित्त, बीमा र बैंकिङ समूहको परिसूचक क्रमशः ४ प्रतिशत, ३.७५, ३.५८ प्रतिशतको दरमा बढेको छ । सोमवार कारोबार रकमका आधारमा प्रमुख १० कम्पनीमा ६ वटा वाणिज्य बैंक समूहबाट रहेका छन् । कारोबार रकममा धेरै परिवर्तन नदेखिएपनि उच्च रहेको छ । यसदिन ४९ करोड ४३ लाख बराबरको सेयर कारोबार समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।