logo

मंगलबारको शेयर बजारमा करेक्सन, नेप्से ७ अंकले घट्दा कारोबार रकम अर्ब माथि

    1526   पटक पढिएको

२९ षुस / अर्थ र व्यापार - मंगलबारको शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । छोटो समयमै बढेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्सेमा देखिएको हो ।

मंगलबारको नेप्से परिसूचक ७.४८ प्रतिशतले घटेर १२६३.३८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५९ प्रतिशत कम हो ।

बजारमा परिसूचकसँगै शेयर कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा कारोबार रकम ७० करोडले घटेको छ । मंगलबारको बजारमा कूल १८३ कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जसमध्ये प्रभु बैंकको सबैभन्दा बढी अर्थात ११ करोड ४३ लाख रुपैयाँ बराबरको प्रमोटर शेयर किनबेच भएको छ । त्यस्तै, नागरिक लगानी कोषको ७ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, मञ्जुश्री फाइनान्सको शेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता १६९ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार उकालो लागेका जीवन बीमा, निर्जीवन बीमा र हाइड्रोपावर तीन वटै समूह मंगलबार ओरालो लागेका छन् । यी तीन समूह क्रमशः ५१, ४८ र ११ अंकले घटेका छन् । मंगलबार ट्रेडिङ् समूह सबैभन्दा बढी अर्थात ६५ प्रतिशतले बढेको छ ।

साथै, पुस मसान्तलाई रकम जोहो गर्ने क्रममा लगानीकर्ताले शेयर बेच्दा मंगलबारको बजारमा करेक्सन देखिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।