logo

नेप्से परिसूचकमा झिनो सुधार, २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार

    1655   पटक पढिएको

२८ माघ/ अर्थ र व्यापार - सोमबार नेप्से १.३४ अंकले सुधार आउदा ११२८.८६ बिन्दुमा पुगेको छ । यस दिन १६६ कम्पनीका ६ लाख ८७ हजार ३३६ कित्ता शेयर किनबेच हुँदा २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भयो । सोमबार नेप्से परिसूचक झिनो सुधार भएको बजारमा कारोबार रकम भने घटेको छ । आइतबार दोहोरो अंकले घटेर २३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको शेयर बजारमा सोमबार करिब ३ करोड कम कारोबार भएको हो ।

कारोबारमा आएका १० उपसूचक मध्ये आठ सकारात्मक बनेका छन् भने २ सूचक ऋणात्मक देखिएका छन् । जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै २४.४२ अंकले बढेको छ । विकास बैंक१३.७१, होटल्स् १३.३४, माइक्रोफाइनान्स १०.४५, निर्जीवन बीमाको सूचक १०.२१ अंकले बढेका छन् । यस्तै हाइड्रोपावर २.४४, फाइनान्स २.४ र अन्य समुहको सूचक पनि २.३६ अंकले सकारात्मक रहे ।

यता उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै १०.२४ अंकले ऋणात्मक भएको छ । यस्तै वाणिज्य बैंकको सूचक पनि १.४८ अंकले ओरालो लागेको छ । सोमबार अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । तामाकोशीको ६१ हजार १३ कित्ता शेयर एक करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुदाँ अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन एनसिसी बैंकको ९३ लाख रुपैयाँ, एनएमबि बैंकको ८२ लाख ८५ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८० लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भयो । नबिल बैंक प्रमोटर ७१ लाख ८६ हजार तथा प्रभु बैंक, नेशनल लाई र नेपाल इन्स्योरेन्सको पनि ५० लाख बढीको शेयर कारोबार भयो ।
यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.८९ प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीका शेयरधनीले ७.७८ प्रतिशत, श्री इनभेष्टमेन्ट फाइनान्सका शेयरधनीले ५.४७ प्रतिशतले कमाएका छन् । यस्तै सानाकिसान विकास बैंक, रैराङ्ग हाइड्रोपावर, महिला सहयात्री माइक्रोफइनान्सको शेयर मुल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् ।

यता बरुण हाइड्रोपावरको शेयर मल्य सबैभन्दा धेरै ७.५१ प्रतिशतले घटेको छ । यस्तै सिद्धार्थ इनस्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्सका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् । यस्तै युनिलिभर नेपाल, छ्याङदी हाइड्रोपावर, सानिमा इक्वुटी फण्डको इकाई मुल्य, किसान माइक्रोफाइनान्स, कालिका लघुवित्त, सिभिल लघुवित्तको शेयर मुल्य १ प्रतिशत भन्दा बढीको घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।