logo

दोहोरो अंकले घट्यो नेप्से, ५५ कम्पनीका लगानीकर्ताले मात्र कमाए

    1262   पटक पढिएको

२१ माघ / अर्थ र व्यापार - आज नेप्से दोहोरो अंकले घटेको छ । हिजो सामान्य अंकले बढेको नेप्से आज १२ दशमलव ०९ अंकले घटेर १३३७ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।

आज दिनभरिमा १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५७ करोड १६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको १० करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको ६ करोड, नेपाल लाइफ, ज्योति विकास बैंकको ४ करोडमाथिको कारोबार भएको छ । गरिमा विकास बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोडमाथिको कारोबार भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स,दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर, नेपाल हाइड्रोपावर, ज्योति विकास बैंक, विजय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स गोर्गाज फाइनान्स कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताल सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् । मल्टिपर्पोज फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, बुटवल पावर कम्पनी, चिलिमे हाइड्रो पावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।