logo

शेयर बजार तीन बर्षअघिको स्तरमा, नेप्से १०.३७ अंकले घट्यो

    1209   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार- बिहीबार शेयर बजार तीन बर्ष पछाडिको अंकमा फर्किएको छ । उच्चतम बिन्दुमा पुगेर घट्दो क्रममा रहेको सेयर वजारमा बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १०.३७ अंकले घटेर ११४८.७० अंकमा झरेको छ ।

यसअघि २०७२ पुस २१ गते मंगलबार सूचक ११४६.११ अंकमा रहेको थियो । फेरि त्यही बिन्दुको सेरोफेरोमा बजार झरेको हो । त्यसबेला बजार बढ्दो क्रममा रहेको थियो । बढ्दो बजारले २०७२ साउन १२ गते उच्चतम बिन्दु १८८१.४५ अंक छोएको थियो । त्यसयता लगातार केही अंक घटरबढ हुँदै बजार निरन्तर घट्दो क्रममा देखिएको छ । साताभरी नै शेयर सूचक घट्दो क्रममा देखिएको छ । मंगलबार झिनो अंकको वृद्धि बाहेक साता भरिनै सूचक निरन्तर घटेको हो । समग्रमा साताभरि सूचक ३२.२४ अंकले घट्यो । 

बिहीबार कारोबार रकम औसत देखिएको छ । १६१ कम्पनीका १० लाख ६२ हजार कित्ता शेयर ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैकको पाँच करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । धेरैजसो म्याचिङ् कारोबारले बैकको कारोबार बढी देखिएको हो ।

त्यस्तै उसपसूचकहरु मिश्रित देखिए । सबैभन्दा बढि चिलिमे हाइड्रोपावर कम्पनीको शेयर करिब चार प्रतिशत बढ्यो । आइएमइ जनरल इन्स्योरेन्सको शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।