logo

नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घट्यो

    1311   पटक पढिएको

६ मंसिर / अर्थ र व्यापार– बिहिवार धितोपत्र बजारमा शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले घटेर एक हजार १८१ दशमलव ४१ विन्दु भएको छ । बिहिवार कूल १४३ कम्पनीको सात लाख ७४ हजार ६८६ कित्ता शेयर रु २५ करोड २५ लाख १८ हजार ३५४ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका दश उपसमूह मध्ये छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ । 

बैंकिङ समूह दुई दशमलव ६२, विकास बैंक दुई दशमलव २९, माइक्रोफाइनान्स छ दशमलव ७७ र जीवन बीमा २६ दशमलव शुन्य एक बिन्दुले घटेको छ । त्यस्तै होटल ३३ दशमलव ६४, जलविद्युत् पाँच दशमलव ३३, वित्त एक दशमलव ५३, निर्जीवन बीमा शुन्य दशमलव ५४, उत्पादन छ दशमलव २८ र अन्य तीन दशमलव ५७ बिन्दुले बढेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।