logo

नेप्से ३० अंकले बढ्यो, ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार 

    1302   पटक पढिएको

६ पुस/अर्थ र व्यापार– सोमबार सेयर बजारको परिसूचक ३०. ३३ अंकले बढेसँगै १९६५. ९६ अंकमा कायम भएको छ । आईतवार नेप्से ९७ अंकले घटेको थियो ।

आज परिसूचक बढे पनि कारोबार घटेको छ । हिजो ९ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६९ करोड रुपैयाँको किनबेच भएको छ ।

सोमबार ब्यापार ३७ र होटल समूह २३ अंकले घटेका छन् । भने अरु समूह बढेका छन् । बैंकिङ २१, विकास बैंक १४, जलविद्युत २५, फाइनान्स ३, निर्जीवन बीमा ७५, उत्पादन १४१ तथा अन्य समूह ३८ अंकले बढेका छन् । माइक्रोफाइनान्स ३४ र जीवन बीमा समूह २०२ अंकले बढेका छन् ।

आज एनआइसी एसिया बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले र एनएमबि माइक्रोफाइनान्सको मूल्य ६.२ प्रतिशतले बढेको छ । भने नारायणी विकास बैंक र युनाइटेड मर्दीको मूल्य ९.८ प्रतिशतले घटेको छ । नेपाल हाइड्रो डेभलपरको पनि मूल्य ५.४ प्रतिशतले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ७२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । भने कम्पनीको मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर २१३८ कायम भएको छ ।

दोस्रो स्थानमा पुनर्बीमा कम्पनीको ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने मूल्य प्रतिकित्ता ४४ रुपैयाँले बढेर प्रतिकित्ता १३९० कायम भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।