logo

नेप्से र ब्रोकर एसोसिएसनबीचको सहमति अनुसार आइतबारदेखि स्वेच्छिक रूपमा प्यान लागू

    1525   पटक पढिएको

१० चैत्र /अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेन्ज र ब्रोकर एसोसिएसनका प्रतिनिधिबीच भएको सहमति अनुरुप शेयर कारोबारमा कार्यान्वयनमा ल्याउन लागिएको स्थायी लेखा नम्बर प्यान चैत १० गते आइतबारदेखि स्वेच्छिक रूपमा लागू भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज र ब्रोकर एसोसिएसनका प्रतिनिधिबीच भएको छलफलमा आइतबारदेखि प्यानलाई स्वेच्छिक रूपमा लागू गर्ने सहमति भएको थियो ।

बैशाख १ गतेदेखि ५ लाख भन्दा बढी रकमको सेयर खरिद गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने भनिएपनि लगानीकर्तालाई प्यानप्रति आश्वस्त पार्न आजदेखि स्वेच्छिक रूपमा लागू गरिएको हो । यस अघि संस्थागत लगानीकर्ताले मात्रै प्यान नम्बर राखेर कारोबार गर्ने व्यवस्था थियो ।

सरकारले नीति तथा कार्यक्रममै नयाँ वर्ष २०७६ को बैशाखदेखि शेयर कारोबारमा अनिवार्य गर्ने उल्लेख गरेको थियो। सोही बमोजिम धितोपत्र बोर्डले सरोकारवाला पक्षसँगका छलफलपछि एक पटक कारोबार गर्दा ५ लाख रूपैयाँभन्दा बढी रकमको शेयर खरीदमा प्यान लगाउने निर्णय गरिसकेको छ ।

पाँच लाखको सीमा नतोकिँदा प्यान लागू गर्ने विषयले पूँजी बजारमा तरङ्ग ल्याएको थियो । साना तथा मझौला लगानीकर्ता प्यान प्रयोग गर्ने तयारीबाट झस्केका थिए भने बजारका ठूला खेलाडीले प्यानलाई देखाउँदै बजारमा चलखेल गर्ने गरेको आरोप लागेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।