logo

नेप्से र ब्रोकर एसोसिएसनबीचको सहमति अनुसार आइतबारदेखि स्वेच्छिक रूपमा प्यान लागू

    1263   पटक पढिएको

१० चैत्र /अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेन्ज र ब्रोकर एसोसिएसनका प्रतिनिधिबीच भएको सहमति अनुरुप शेयर कारोबारमा कार्यान्वयनमा ल्याउन लागिएको स्थायी लेखा नम्बर प्यान चैत १० गते आइतबारदेखि स्वेच्छिक रूपमा लागू भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज र ब्रोकर एसोसिएसनका प्रतिनिधिबीच भएको छलफलमा आइतबारदेखि प्यानलाई स्वेच्छिक रूपमा लागू गर्ने सहमति भएको थियो ।

बैशाख १ गतेदेखि ५ लाख भन्दा बढी रकमको सेयर खरिद गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने भनिएपनि लगानीकर्तालाई प्यानप्रति आश्वस्त पार्न आजदेखि स्वेच्छिक रूपमा लागू गरिएको हो । यस अघि संस्थागत लगानीकर्ताले मात्रै प्यान नम्बर राखेर कारोबार गर्ने व्यवस्था थियो ।

सरकारले नीति तथा कार्यक्रममै नयाँ वर्ष २०७६ को बैशाखदेखि शेयर कारोबारमा अनिवार्य गर्ने उल्लेख गरेको थियो। सोही बमोजिम धितोपत्र बोर्डले सरोकारवाला पक्षसँगका छलफलपछि एक पटक कारोबार गर्दा ५ लाख रूपैयाँभन्दा बढी रकमको शेयर खरीदमा प्यान लगाउने निर्णय गरिसकेको छ ।

पाँच लाखको सीमा नतोकिँदा प्यान लागू गर्ने विषयले पूँजी बजारमा तरङ्ग ल्याएको थियो । साना तथा मझौला लगानीकर्ता प्यान प्रयोग गर्ने तयारीबाट झस्केका थिए भने बजारका ठूला खेलाडीले प्यानलाई देखाउँदै बजारमा चलखेल गर्ने गरेको आरोप लागेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।