logo

५ दिनपछि नेप्से १२.४९ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार

    1386   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– आइतबार सेयर बजार करीब साढे १२ अंकले बढेको छ । ट्रेडिङ कम्पनीका साथै जलविद्युत र उत्पादनमुलक कम्पनीका सेयरको मूल्य बढ्दा ५ दिनपछि सेयर बजार नेप्से १२.४९ अंकले सुधार हुँदै १६४८.५८ विन्दुमा उक्लिएको हो ।

साताको पहिलो दिन कारोबार रकम पनि बढेको छ । आइतबार १९८ कम्पनीको एक करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर किनबेच हुँदा करीब ३ अर्ब ५२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

आइतबार नेपाल पुनर्बीमा कम्पनीको कारोबार सबैभन्दा उच्च भएको छ । कम्पनीको आइबार करीब २६ करोड रुपैयाँको कारोबार भएको बताइएको छ ।

कारोबार भएकामध्ये उत्पादनमुलक, जलविद्युत र व्यापारिक कम्पनीका सेयरबाट लगानीकर्ताहरुले कमाएका छन् । यीबाहेक जीवन बीमा कम्पनी समूहको सूचक पनि करीब ८७ अंकले सुधार भएको छ ।

आइतबार एकैदिन हिमालय डिस्टिलरीको मूल्य ९.९७ प्रतिशतले बढेर २१६१ रुपैयाँ पुगेको छ । हिमालयन डिष्टिलरीले ७० प्रतिशतसम्म लाभांस दिने हल्लाले पनि मुल्यमा उच्च वृद्धी देखिएको हो । साल्ट ट्रेडिङको पनि प्रतिकित्ता ३८७ रुपैयाँ (९.९५ प्रतिशत) ले बढेको छ ।

यस्तै, जलविद्युत कम्पनी दिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य आइतबार ९.९२ प्रतिशतले बढ्यो । युनिभर्सल पावरको पनि सोही हाराहारीमा मूल्य वृद्धि भयो भने माउन्टेन हाइड्रो, वरुण हाइड्रोपावर लगायतका जलविद्युत कम्पनीको पनि ८ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।