logo

५ दिनपछि नेप्से १२.४९ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार

    1658   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– आइतबार सेयर बजार करीब साढे १२ अंकले बढेको छ । ट्रेडिङ कम्पनीका साथै जलविद्युत र उत्पादनमुलक कम्पनीका सेयरको मूल्य बढ्दा ५ दिनपछि सेयर बजार नेप्से १२.४९ अंकले सुधार हुँदै १६४८.५८ विन्दुमा उक्लिएको हो ।

साताको पहिलो दिन कारोबार रकम पनि बढेको छ । आइतबार १९८ कम्पनीको एक करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर किनबेच हुँदा करीब ३ अर्ब ५२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

आइतबार नेपाल पुनर्बीमा कम्पनीको कारोबार सबैभन्दा उच्च भएको छ । कम्पनीको आइबार करीब २६ करोड रुपैयाँको कारोबार भएको बताइएको छ ।

कारोबार भएकामध्ये उत्पादनमुलक, जलविद्युत र व्यापारिक कम्पनीका सेयरबाट लगानीकर्ताहरुले कमाएका छन् । यीबाहेक जीवन बीमा कम्पनी समूहको सूचक पनि करीब ८७ अंकले सुधार भएको छ ।

आइतबार एकैदिन हिमालय डिस्टिलरीको मूल्य ९.९७ प्रतिशतले बढेर २१६१ रुपैयाँ पुगेको छ । हिमालयन डिष्टिलरीले ७० प्रतिशतसम्म लाभांस दिने हल्लाले पनि मुल्यमा उच्च वृद्धी देखिएको हो । साल्ट ट्रेडिङको पनि प्रतिकित्ता ३८७ रुपैयाँ (९.९५ प्रतिशत) ले बढेको छ ।

यस्तै, जलविद्युत कम्पनी दिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य आइतबार ९.९२ प्रतिशतले बढ्यो । युनिभर्सल पावरको पनि सोही हाराहारीमा मूल्य वृद्धि भयो भने माउन्टेन हाइड्रो, वरुण हाइड्रोपावर लगायतका जलविद्युत कम्पनीको पनि ८ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।