logo

मंगलबार सेयर वजार सूचक र कारोबार दुवै घट्यो, ६ महिनायताकै कम रकमको कारोबार 

    1403   पटक पढिएको


२२ असार/अर्थ र व्यापार– मंगलबार सेयर वजार सूचक र कारोबार दुवै घटेको छ । आज सूचक ५.२५ अंकले घटेर २८१८ अंकमा झरेको छ । सूचक जेठ ९ गते यताकै कम हो । 

मंगलबार ६ महिनायताकै सबैभन्दा कम रकमको कारोबार भएको छ । आज ४ अर्ब २२ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ । जुन सूचक पनि जेठ ९ गतेयताको सबैभन्दा कम हो । 

सेयर वजार सूचक र कारोबार दुवै घटेको मंगलबार राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रति कित्ता १६९२ रुपैयाँले बढेर २२ हजार ५२ रुपैयाँ पुगेको छ । यो ८.३१ प्रतिशतको वृद्धि हो । यसपछि माउण्टेन इनर्जीको ५.२१ प्रतिशतले मूल्य बढेको छ भने सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र समिट लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । कुल ५८ कम्पनीको सेयर मूल्य बढेको छ ।

मंगलबार वाणिज्य बैंक, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा सूचक बढेको छ। बाँकी सबै घटेका छन् । 

आज १०६ कम्पनीको मूल्य घटेको छ । भने १९ कम्पनीको मुल्य स्थिर रहेको छ । आज सबैभन्दा बढी गुमाउनेमा एचआइडीसीएल छ । अपर तामाकोशीको रिडी हाइड्रो, नेशनल हाइड्रो र नेपाल इन्स्योरेन्सको मूल्य घटेको छ ।

बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक किनबेच भएको छ कम्पनीको ३५ करोड ८७ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।