logo

नेप्सेमा ४.१३ अंकको गिरावट, कमाउनेमा वित्त समूहका लगानीकर्ताहरु

    1650   पटक पढिएको


१६ असार/अर्थ र व्यापार– बुधवार नेप्से परिसूचक नेप्से ४.१३ अंकले घटेर २८२३ विन्दुमा बन्द भएको छ ।

मंगलबार २८२८ अंकमा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा सामान्य बढेर २८३५.६७ अंकमा खुलेको थियो । बजार खुले पछि नेप्से २८४४.१९ अंकसम्म पुगेको थियो । उतार–चढावपुर्ण भएको नेप्से एक समय झरेर २७८२ अंकसम्म पुगेको थियो ।

बुधवार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारका आधारमा नेपाल इन्स्योरेन्सको सबैभन्दा बढी ३० करोडको कारोबार हुँदा मूल्य ३.३ प्रतिशतले बढ्यो । दोस्रोमा एनएलजी इन्स्योरेन्सको २१ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ३.६ प्रतिशतले बढेको छ । 

आज वित्त समूह र विकास बैंकका लगानीकर्ताले सर्बाधिक कमाएका छन् । विकास बैंक १३६, फाइनान्स ११८, जलविद्युत २, निर्जीवन बीमा ५, उत्पादन ५७ र अन्य १८ अंकले बढेका छन् । भने बैंकिङ ४, ब्यापार २२, होटल तथा पर्यटन ४९, माइक्रोफाइनान्स ४७, जीवन बीमा ११२ र लगानी समूह २ अंकले घटेका छन् । 

बुधवार पोखरा फाइनान्सको मूल्य सर्बाधिक १० प्रतिशतले बढेको छ । कम्पनीको मूल्य पनि प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ । १० प्रतिशतकै हाराहारीमा कमाउनेमा नेपाल फाइनान्स, मल्टिपर्पोज फाइनान्स, सेन्ट्रल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स रहेका छन् ।

आइसिएफसी, श्री इन्भेष्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स र कर्णाली विकास बैंकको मूल्य पनि ७ प्रतिशत धेरैले बढेको छ । 

बुधवार जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । खानीखोला हाइड्रोको मूल्य ३.३ प्रतिशतले घटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।