logo

तीन दिनपछि सेयर बजारमा ५.४० अंकले बृद्धी, कारोबार घट्यो 

    1561   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य अंकले वृद्धि भएको छ । मंगलवार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा पुगेको हो ।

मंगलवार प्रि–ओपन सेसनमा मै घटेको सेयर बजार नियमित कारोबार सुरु भएको ४५ मिनेटमा बढेर १६४४.६२ विन्दुसम्म पुगेको थियो । त्यसपछि वजार पुनः ओरालो लाग्यो । 

बैंकहरुपछि लघुवित्तको सेयरमा आकर्षित भएका लगानीकर्ता निर्जीवन बीमा समूहको सेयरतर्फ सेयरतर्फ आकर्षित भएको देखिन्छ ।

मंगलबार कारोबार भएका १२ उपसमूहमध्ये वाणिज्य र विकास बैंकबाहेक अन्य सबै समूहको सूचक बढेको छ। 

विशाल बजार कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत बढेर २३४१ रुपैयाँ पुगेसँगै व्यापार समूहको सूचक पनि ४.८ प्रतिशतले बृद्धी भएको छ । 

मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने मंगलवार २ अर्ब २३ करोड ७९ लाख हाराहारीमा कारोबार भएको छ । 

आज १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर खरीद बिक्री भएको छ । कारोबार भएकामध्ये ८३ कम्पनीका लगानीकर्ताहरुले नाफा कमाए भने ७० कम्पनीकाले  गुमाए । यस्तै, १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

मंगलबार नेपाल दुरसञ्चार कम्पनीको १० करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनआईसी एशिया र प्राइम कर्मसियल बैंकको ८ करोड हाराहारीको सेयर कारोबार भयो ।

मंगलबार सबैभन्दा बढी विशाल बजार कम्पनीपछि समिट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, शिवश्री हाइडोपावर र राष्ट्रिय बीमा कम्पनीले कमाएका छन् । यि कम्पनीहरुको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।