logo

सेयर बजारमा नयाँ रेकर्ड, ८८ अंकले बढेको नेप्से २१७५ अंकमा, ६ अर्ब बढीको कारोबार 

    1815   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– आइतबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । ८८ अंकले बढेको बजार २१७५ अंकमा कायम भएको छ । आज दिनभर २१२ कम्पनीको ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । 
आज बैंकिङ समूहको सुचक ७०.९२ अंकले बढेको छ । त्यस्तै ब्यापार २२१, होटल ३४, विकास बैंक ४६, जलविद्युत ३८, फाइनान्स ७, निर्जीवन बीमा २६८, उत्पादन २६४, अन्य १०३, माइक्रोफाइनान्स ७७ र जीवन बीमा समूह ५५० अंकले बढेका छन् ।

आज हिमालय डिस्टिलरी, साल्ट ट्रेडिङ, नेपाल पुनर्बीमा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । अर्थात ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकको मूल्य ९.८ प्रतिशत, कुमारी बैंकको मूल्य ९.१३ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्सको मूल्य ९.११ प्रतिशतले बढेको छ ।

यस्तै, आशा लघुवित्त वित्तीय संस्था ८ प्रतिशत र नेपाल टेलिकमका लगानीकर्ताले ७ प्रतिशत मूल्य कमाएका छन् । आईतबार राधी जलविद्युतको मूल्य भने ४.२ प्रतिशतले घटेको छ भने शिवश्री हाइड्रोपावरको मूल्य ३ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५० करोड ९५ लाख रुपैयाँको कारोबार भयो भने मूल्य प्रतिकित्ता १२१ रुपैयाँ बढेर २४१६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँको कारोबार भयो । कम्पनीको मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४६८ रुपैयाँ कायम भएको छ ।

नेपाल टेलिकमको ४५ करोड रुपैयाँको कारोबार भयो भने मूल्य ९४ रुपैयाँले बढेर १३०२ रुपैयाँ कायम भएको छ । पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँको कारोबार हुँदा मूल्य १३४ रुपैयाँ बढेर प्रतिकित्ता १४७८ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।