logo

सोमबार ५ अंकले वृद्धि भएको नेप्से २८७५.४९ बिन्दुमा, पौने आठ अर्ब रुपैयाँको कारोबार

    1365   पटक पढिएको


१४ असार/अर्थ र व्यापार– आइतबार २७ अंकले बढेको बजार सोमबार ५.११ अंकको वृद्धि भएसंगै नेप्से सूचक २८७५.४९ विन्दुमा पुगेको छ ।

आइतवारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ । आइतवार रू. ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम बढेपनि आइतवारभन्दा कारोबार कित्ता सोमवार घटेको छ ।

आज कारोबार भएकामध्ये सर्वाधिक मूल्य मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त कम्पनी रहेका छन् । जसमा सबैको लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य ८/८ प्रतिशतले बढ्दा सामुदायिक, मिथिला र आशा लघुवित्तको पनि ४/४ प्रतिशतसम्मले बढेको छ ।

आज सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीमा भने फाइनान्स र जलविद्युत समूहका कम्पनी रहेका छन् । बेष्ट, रिलायन्स र आइसिएफसी फाइनान्सको सेयर मूल्य चारदेखि पाँच प्रतिशतले घट्दा राधि र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य पनि चार÷चार प्रतिशतले नै घटेको छ ।

माथिल्लो तामाकोशीको सर्वाधिक रकम (करिब ६७ करोड रुपैयाँ) को सेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२÷५२ करोड, एनआइसी एसियाको ५० करोड र सेन्चुरी कमर्सियल बैंकको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सोमबार पाँचवटा उपसमूह हरियो भएपनि अधिकांस उपसमूह रातो भएका छन् । लघुवित्त समूह १११ अंकले बढ्दा होटल तथा पर्यटन २० अंकले बढेको छ । विकास बैंक सर्वाधिक ७० अंकले घट्यो भने जलविद्युत समूह ६५ अंक र फाइनान्स समूह ५६ अंकले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।