logo

६४ अंकले बढ्यो नेप्से, ६ अर्ब ८१ करोड ७७ लाख बढीको कारोबार

    1232   पटक पढिएको


१० मंसिर/अर्थ र व्यापार– बुधवार नेप्से परिसूचक ६४.७० अंकले बढेर १८७४.८२ विन्दुमा पुगेको छ । 

बुधवार १९८ कम्पनीकोे रू. ६ अर्ब ८१ करोड ७७ लाख ७४ हजार ९९४ बराबरको सेयर कारोबार भएको छ ।  

कारोबारमा आएका १९८ ओटा कम्पनीहरु मध्ये १८ ओटा कम्पनीको शेयरमूल्य घटेको, १३ ओटा कम्पनीको शेयरमूल्य स्थिर रह्यो भने १४१ ओटा कम्पनीको शेयरमूल्य बढेको हो ।

कारोबारमा आएका १२ समूहहरुमध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव ९३ प्रतिशत बढेको हो । 

एनएमबि लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । 
भने आठ ओटा कम्पनी नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, शिवम् सिमेण्ट आँखुखोला जलविद्युत कम्पनी, ङादी ग्रुप पावर, शिवश्री हाइड्रोपावर, मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । 

त्यसैगरी, सर्वाधिक कारोबार गर्नेमा नेको इन्स्योरेन्सको संस्थापक शेयरको खरीदविक्री भएको छ । कम्पनीको रू. ४२ करोड २९ लाख ९८ हजार बराबरको शेयर खरीदविक्री भएको हो । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। कम्पनीको रू. ३६ करोड ७३ लाख ८४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

नेप्से परिसूचक बढेसँगै ‘क’ वर्गको कम्पनीकोहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९६ अंक बढेर ३६२ दशमलव ३३ विन्दुमा पुगेको छ । 

२०७३ साल साउन १२ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा १ हजार ८८१ दशमलव ४५ विन्दुमा पुगेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।