logo

मंगलबार ९ अंकले घट्यो सेयर वजार, एक अर्ब ८१ करोडको कारोबार

    1457   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार– मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.४२ अंकले घटेर १५६८.५९ अंकमा झरेको छ ।

कारोबारमा आएका १९३ ओटा कम्पनीमध्ये १७ ओटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ ओटा कम्पनीको शेयर मूल्य घटेको छ भने १९ ओटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार दिनभर भएका २८ हजार ६ सय ४० कारोबारबाट १९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएका छन् । जसमा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । 

मंगलबार सर्वाधिक कारोबार अरुण काबेली पावरको भएको छ । उक्त कम्पनीको रू. ११ करोड २६ लाख बरावरको शेयर खरीद विक्री भएको छ । दोस्रो सर्वाधिक कारोबार गर्नेमा ज्योति विकास बैंक रहेको छ । 

मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे देखिएका छन् । ज्योति विकास बैंकको शेयर मूल्य ४.८३ प्रतिशत बढेको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रू. २१७ पुगेको छ । 

मंगलवार सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ८.७२ प्रतिशतले घटेको छ । 

कारोबारमा आएका १२ ओटा समुहमध्ये ब्यापार समुहको परिसूचक शून्य दशमलव १४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.३५ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.४५ प्रतिशत बढेको छ ।

मंगलवार सबैभन्दा बढी जलविद्युत् समुहको परिसूचक २.०४ प्रतिशत घटेको छ । दोस्रोमा वित्त समुहको परिसूचक १.९२ प्रतिशत घटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।