logo

आईतबार सेयर बजार ४६.४३ अंकले बढ्यो

    1280   पटक पढिएको


२८ मंसिर/अर्थ र व्यापार– आईतबार सेयर बजार ४६.४३ अंकले बढेर २०१० अंकमा पुगेको छ ।

आइतबार क वर्गका कम्पनीको सूचक सेन्सिटिभ ८ अंकले बढेको छ । कारोबार रकममा पनि बृद्धी भएको छ । आज ४ अर्ब ९० करोड रुपैयाँको किनबेच भएको छ ।

गत बिहीबार ८ अंकले बढेको बजारमा ४ अर्ब १४ करोड रुपैयाँको किनबेच भएको थियो ।

ब्यापार २९, होटल ५ र जलविद्युत समूह २८ अंकले घटेका छन् । बैंकिङ ४५, विकास बैंक ३६, फाइनान्स ७, निर्जीवन बीमा १७४, उत्पादन २७२, अन्य १५, माइक्रोफाइनान्स ५६, जीवन बीमा समूह ५२८ अंकले बढेका छन्।

नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको मूल्य ७ प्रतिशतले बढेर २०३५ रुपैयाँ कायम भएको छ ।

कारोबारका आधारमा दोस्रोमा रहेको पुनर्बीमाको ३५ करोड ९४ लाख रुपैयाँको किनबेच भयो । सो कम्पनीको मूल्य १ रुपैयाँ घटेर प्रतिकित्ता १५४८ कायम भएको छ ।

माहुली लघुवित्त, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र हिमालय डिस्टलरीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।

माथिल्लो तामाकोसीका लगानीकर्ताले ४.८ प्रतिशत मूल्य गुमाएका छ । सो कम्पनीको मूल्य ४५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ३.५ प्रतिशतले घटेको छ भने अरुण काबेलीको मूल्य पनि २. ८ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।