logo

सेयर वजार २८.८९ अंकले बढेर ३ बर्ष यताकै उच्च बिन्दुमा, नेप्से १७ सय नाघ्यो

    1364   पटक पढिएको


२६ कात्तिक/अर्थ र व्यापार– मंगलबार करिब २६ अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार  २८.८९ अंकले बढेर ३ बर्ष यताकै उच्च बिन्दु १७०७.६७ अंकमा पुगेको छ । यसअघि २०७३ साल चैत २९ गते नेप्से १७०९.८२ विन्दुमा पुगेको थियो । 

आज दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेचबबाट १ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, एनआइसी एशिया, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । सबैभन्दा बढी नेपाल टेलिकमको २५ करोड ९० लाखको कारोबार भएको छ । पाँच कम्पनीको १५ करोड बराबरको सेयर कारोबार भएको छ ।

बुधवार व्यापार, उत्पादनमूलक समूह, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य कम्पनीका सेयरको मुल्य धेरै बढेको छ । बजार बन्द हुने अन्त्यतिर वाणिज्य बैकको सुचक पनि एक प्रतिशत बढीले बढ्यो ।

व्यापार समुहको साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीको मुल्य १० प्रतिशत बढेको छ । लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, एनआइसी एशिया ग्रोथ फण्डको मुल्य सर्किट लेभलमा पुगेको छ । 

कारोबार भएका कम्पनी मध्य १०१ कम्पनीको सेयर मुल्य बढेको छ भने ५३ वटाको घटेको छ । १८ को मुल्य स्थिर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।