logo

बिहीबार नेप्से ८ अंकले बढ्यो, ४ अर्ब १४ करोड रुपैयाँ बढीको कारोबार

    1423   पटक पढिएको


२५ मंसिर/अर्थ र व्यापार– बिहीवार नेप्से परिसूचक ८.२७ अंकले बढेर १९६४.२ विन्दुमा पुगेको छ ।

आज २०४ ओटा कम्पनीको रू. ९८ लाख ८३ हजार १९७  कित्ता शेयर ३९ हजार ४१० पटक खरीदविक्रीबाट ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैँया बराबरको शेयर कारोबार भएको छ । 

आज सर्वाधिक करोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३७ करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  

आज सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. २४२ पुगेको छ । त्यसैगरी प्रभु बैंकको संस्थापक शेयर पनि १० प्रतिशतका दरले वृद्धि भएको छ । 

बिहीवारको कारोबार दिनमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूूल्य ९.८७ प्रतिशत घटेको छ । दोस्रोमा रसुवागढी जलविद्युत् कम्पनीको शेयर मूल्य ८.६१ प्रतिशत घटेर प्रतिकित्ता रू.३०८ कायम भएको छ । 

कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूह र विकास बैंक समूहको परिसुचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो । जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव १३ प्रतिशत घटेको छ ।

बिहीवार सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।