logo

नेप्सेमा तीन अंकको सुधार, लगानीकर्ता बैंक र फाइनान्सको सेयरमा आकर्षित 

    1371   पटक पढिएको


४ असोज/अर्थ र व्यापार– साताको पहिलो दिन आइतवार सेयर बजार ३ अंकले बढेर १५ सय ७५ दशमलव १८ विन्दुमा बन्द भएको छ ।

१५ सय ९५ दशमलव ४८ विन्दुबाट सुरु भएको सेयर बजार आठ मिनेटमा यस दिनकै उच्च १६ सय ५ विन्दुसम्म  पुगेको थियो ।

आइतवार पनि नेप्सेको अनलाइनमा समस्या आउंदा २५ मिनेट सेयर कारोबार रोकिएको थियो । 

आईबार लगानीकर्ता होटल र जलविद्युतको सेयर विक्री गदै बैंक र फाइनान्सको सेयरमा आकर्षित भएका छन् । गत साता सबैभन्दा बढी सेयर मुल्य बढ्नेमा होटल र जलविद्युत कम्पनीको सेयर रहेको थियो । 

बैंकको सुचक १ दशमलव ५५ प्रतिशत बढेको छ भने विकास बैंकको १ दशमलव ४१ र फाइनान्स ३ दशमलव ९४ प्रतिशत बढेको छ । होटल समुहको सुचक ५ दशमलव १३ र जलविद्युत समुहको सुचकमा ४ प्रतिशतले गिरावट आएको छ । 

आइतबार १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता सेयरको २ अर्ब ७४ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्सको १९ करोड ४७ लाख ६४ हजारको सेयर कारोबार भएको छ भने दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीका १६ करोड २९ लाखको कारोबार भएको छ ।


खानीखोला जलविद्युत कम्पनीको सेयर मुल्य १० प्रतिशत बढेको छ भने रिलायन्स फाइनान्सको सेयर मुल्य ९ दशमलव ६५ प्रतिशत बढेको छ । 

आईतवार तीन जलविद्युत कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । हिमाल दोलखा, लिवर्टी इनर्जी र हिमालयन उर्जा विकास जलविद्युतको सेयर मुल्य करिब १० प्रतिशत घटेको छ । 

दोस्रो बजारमा कारोबार भएको लिवर्टीको कारोबार सुरु भएको केही समयमा सकारात्मक सर्किट लागेको भएपनि कम्पनीको सेयर बन्द हुदा सम्म नकारात्मक सर्किट लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।