logo

शेयर लगानीकर्ताको आमरण अनशसनमा नेपाली कांग्रेसको समर्थन

    1256   पटक पढिएको

२ पुस /अर्थ र व्यापार  - शेयर लगानीकर्ताको आमरण अनशसनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ । आमरण अनशनस्थल नेप्से परिसर पुगेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतले शेयर लगानीकर्ताको मागमा संस्थागत समर्थन जनाएका हुन् ।

पूर्व अर्थमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले कम्युनिष्ट सरकार शेयर बजारप्रति सकारात्मक नदेखिएको आरोप लागाए । एमाले माओवादीको एकता घोषणा देखि नै शेयर बजारमा समस्या देखिएको भन्दै कार्कीले लगानीकर्ताको आन्दोलनमा कांग्रेसको साथ रहने स्पष्ट पारे ।

कांग्रेस प्रवक्ता शर्माले शेयर लगानीकर्ताको माग जायज भएको भन्दै सरकारलाई गम्भिर बन्न आग्रह गरे । आफ्नै सम्पतीको रक्षा गर्न आमरण अनशन बस्नुपर्ने दिन आउँदा पनि सरकारी तवरबाट खास कदम नचालिनु दुखःद भएको प्रवक्ता शर्माको भनाई थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।