logo

नेपालको पूँजी बजारमा विदेशी लगानी भित्र्याउने गरी विधेयक पेश

    2001   पटक पढिएको

१५ फागुन /अर्थ र व्यापार - लगानीकर्ताको प्रमुख माग रहेको शेयर बजारमा बिदेशी लगानी भित्र्याउने सम्वन्धमा सरकारले प्रकृया अघि बढाएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, ०७५ संसदले पारित गरेर ऐन बनेपछि नेपालको पूँजी बजारमा बिदेशी लगानीले प्रयोग गर्ने अवसर प्राप्त हुने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवस्थापिका संसदमा नेपालको पुँजी बजारमा समेत वैदेशिक लगानी भित्र्याउने गरी बिधयक पेश गरेको छ ।

बिधयक ऐन बनेर लागू भएपछि गैर आवासीय नेपालीले पूँजी बजारमा लगानी गर्न पाउने छन् । ऐनमा गैर आवासिय नेपालीको लगानी भन्ने बाक्याँश नपरेपनि बिदेशी लगानी अर्थात एफडिआई अन्तर्गत उनीहरूको लगानी पर्ने मन्त्रालयले स्पष्ट पारेको छ । तर बिदेशी लगानी पूँजी बजारको दोश्रो बजारमा मात्र प्रयोग हुने छ । बैदेशिक लगानीबाट साधारण सेयर खरीद गर्न भने पाइने छैन ।

पुँजी बजार बिस्तार र सुधारका लागि सरकारले चालेको यो सकारात्मक कदम हो । लगानीकर्ताको माग बमोजित पूँजी बजारमा बैदेशिक लगानी भित्र्याउन सरकारले नीति तथा कार्यक्रम मै उल्लेख गरेको थियो । ऐन बनेपछि विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न र लाभाँश फिर्ता लैजान नीतिगत व्यवस्था तय हुने छ । विधेयकले विदेशी लगानी ल्याउन र फिर्ता लैजान आएको प्रस्ताव १५ दिनभित्र स्वीकृत गरिसक्नुपर्ने प्रस्ताव गरेको छ । तर स्वीकृत नहुने अवस्था आए ७ दिनभित्र जानकारी गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
बिधयकमा विदेशी लगानीकर्ताहरूका लागि एकल विन्दु सेवा सञ्चालन गरी आवश्यक विभिन्न कामहरू उद्योग दर्ता, विदेशी लगानी तथा ऋण स्वीकृति, कम्पनी दर्ता, श्रम स्वीकृति, भिसा एकै ठाउँबाट दिने गरी कार्यालय स्थापना गर्ने प्रस्तावसमेत गरिएको छ । तर, सञ्चार माध्यम र सुरक्षामा भने बिदेशी लगानी बर्जित गरिएको छ । संसदमा दफावार छलफल भएर पारित भएको बिधयक राष्ट्रपतिबाट लालमोहर लागेपछि ऐन बन्ने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।