logo

सरकारले राष्ट्रिय शोक घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्ज पनि बन्द

    1828   पटक पढिएको

६ फागुन/ अर्थ र व्यापार - नेपाल सरकारले बिहीबार सार्वजनिक विदा दिएसँगै नेपाल स्टक एक्सचेञ्ज पनि बन्द रहेको छ । सरकारले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित एयर डाइनेष्टीको हेलिकप्टरमा सवार सातै जनाको निधन भएपछि बिहीबार सार्वजनिक विदा दिएको हो ।
सरकारले राष्ट्रिय शोक घोषणा गरि बिहीबार सार्वजनिक बिदा दिएका कारण अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फागुन १९ गते आइतबार मात्र खुल्नेछ । बुधबार नेप्से परिसूचक २.९७ अंकले बढेर ११०५.३ बिन्दुमा बन्द भएको छ । 

बुधबार १६८ कम्पनीका ८ लाख ९ हजार ४६३ कित्ता शेयर कारोबारमा आउँदा २१ करोड ९९ लाख रुपैयाँमा खरिद बिक्री भयो । यस्तै कारोबारमा आएका १० वटा उपसूचहकहरु मध्ये ६ वटा समूहको सूचक सकारात्मक भए भने ४ वटा समूहको सूचक ऋणात्मक भए । बुधबार नेपाल बैंकको शेयर कारेबार सबै भन्दा धेरै ५७ हजार ८४५ कित्ता शेयर एक करोड ६४ लाख रुपैयाँमा किनबेच भयो ।

यस्तै भार्गव विकास बैंकको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ८.७३ प्रतिशतले बढोत्तरी भएको छ । उता मञ्जुश्री माईनान्स, कन्काई विकास, स्वबालम्बन लघुवित्त र सिटिजन्स म्युचुअल फण्ड–१को शेयर मूल्य तीन प्रतिशत भन्दा धेरै प्रतिशतले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।