logo

मंगलवार सेयर बजार २२ दशमलव ९१ अंक घटेर १५ सय ४६ दशलमव १५ अंकमा, कारोबार रकम बढ्यो

    1318   पटक पढिएको


६ असोज/अर्थ र व्यापार– मंगलवार सेयर बजार २२ दशमलव ९१ अंक घटेर १५ सय ४६ दशलमव १५ अंकमा ओर्लिएको छ । 

कारोबार सुरु हुँदा १५७६.५५ विन्दु रहेको सेयर बजार मंगलबार अन्तिम समयसम्मै निरन्तर घटेर बन्द भयो । 
मंगलबार सेयर बजार परिसूचक घटेको भए पनि कारोबार रकम भने सोमबारको तुलनामा झन्डै १७ करोडले बढेको छ ।

सोमबार २ अर्ब ६३ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको थियो भने मंगलबार यो २ अर्ब ८१ करोडभन्दा बढीको भएको छ । यो रकम १९९ कम्पनीको ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेचको हो ।

मंगलबार शिखर इन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै रकम (करिब रु. ३१ करोड ८८ लाख) को भएको छ । शिखरले अघिल्लो आवको नाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको सूचना दिएसँगै यसको सेयर मूल्य एकैदिनमा ४५ रुपैयाँले घटेको हो ।

शिखरपछि दोस्रोमा धेरै रकमको कारोबार नेपाल बैंकको सेयरको भएको छ । नेपाल बैंकको १९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

युनाइटेड फाइनान्सलाई वाणिज्य बैंकले प्राप्ति गर्ने हल्ला बजारमा आएसँगै सोमबार पनि १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । बजार बन्द हुने बेलासम्म यस फाइनान्सको सेयर मूल्य ८.१८ प्रतिशत बढेर प्रतिकित्ता २३८ पुगेको छ ।

मंगलबार कारोबार भएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढ्यो भने १५५ कम्पनीको घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

दोस्रो बजार (नेप्से) मा साधारण सेयर सूचीकृत भएको दिनदेखि नै ओरालो लागेको लिवर्टी इनर्जीको सेयर मूल्यमा मंगलबार पनि नकारात्मक सर्किट लाग्यो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।